शनिबार, साउन १६, २०८३

पद खुस्किने डरले मन्त्रालय जान थाले मन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – मन्त्रालय नजाने मन्त्रीका रुपमा परिचित प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय अब मन्त्रालय जान थालेका छन्। मन्त्रालय नजाने मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने भन्दै जनकपुरमा सम्पत्र राजपा अध्यक्षमण्डलको बैठकमा प्रदेश सांसदहरुले नै माग गरेपछि राय मन्त्रालय जान लागेका हुन्।

मन्त्रालय नपुगेर निवासबाटै कार्यालय सञ्चालन गर्दै आएका मन्त्री रायको आमनागरिकका साथै पार्टीभित्रसमेत चर्को आलोचना हुँदै आएको थियो। पूर्व तराई मधेश सदभावना पार्टी तथा हाल राजपा संयोजक महेन्द्रराय निकट मानिएका रायलाई फिर्ता बोलाउनुपर्ने भन्दै अध्यक्षमण्डलको बैठकमा राजपाका प्रदेशसभा सदस्यहरुले माग गरेका थिए।

आमजनताबीच चर्को आलोचना र अध्यक्षमण्डलसमक्ष पार्टीकै प्रदेश सांसदहरुले फिर्ता बोलाउने माग गरेपछि पद खुस्किने डरले मन्त्री राय मन्त्रालय जान लागेको बुझिएको छ।

‘सरकार कार्यान्वयनमा आएको एक वर्ष बितिसक्यो, तर उहाँको मन्त्रालयले हालसम्म एउटै विधेयक ल्याउन सकेको छैन्,’ अध्यक्षमण्डल बैठकमा सहभागी राजपाका एक प्रदेश सांसदले भने, ‘कामै नगर्ने सक्ने मन्त्रीलाई फिर्ता बोलाउने माग बैठकमा उठेको हो। निर्णय गर्ने काम अध्यक्षमण्डलको हुन्छ।’ मन्त्री रायको मन्त्रालयबाट विधेयक तयारपार्न २५ लाख रुपैयाँ निकासा भएपनि अहिलेसम्म एउटा विधेयक नआउनुलाई के भत्रे ती सांसदले नेपाल समयलाई बताए।

पछिल्लो दुई सातादेखि हप्तामा तीन दिन मन्त्रालय आउने गरेका मन्त्री राय अध्यक्षमण्डलको बैठकपछि आइतबारदेखि नियमित कार्यालय आउन लागेको मन्त्रालयका एक कर्मचारीले बताए।

मन्त्री बनेयता उनी वर्षमा मुश्किलले एकसाता मन्त्रालय पुगेको मन्त्रालय स्रोतले जनायो। गत वैशाखमा मन्त्री रायलाई हृदयघात भएको थियो। मन्त्रालय तेस्रो तल्लामा रहेकोले भर्‍याङ उक्लन नसक्ने भन्दै उनी निवासबाटै मन्त्रालयको कामकारबाही सञ्चालन गर्दै आइरहेका थिए। मन्त्रालय नपुगेपनि मन्त्री राय विभित्र सार्वजनिक कार्यक्रम, गोष्ठि, अन्तरक्रियाजस्ता कार्यक्रमहरुमा प्रमुख अतिथि तथा अतिथि बनेर पुग्ने गरेका थिए। पछिल्लो पटक जानकी मन्दिरमा भएको एक सांस्कृतिक कार्यक्रम र जनकपुरको एक होटलमा आयोजना गरिएको फेसन शोमा सहभागी भएपछि मन्त्री रायको सामाजिक सञ्जालहरुमा चर्को आलोचना भएको थियो।

आवासबाटै मन्त्रालयको कामकारबाही गर्दै आएपछि मन्त्रीको हस्ताक्षर गराउन कर्मचारीहरु फाइल बोकेर आवासमै पुग्ने गरेका थिए। मन्त्री भेट्न आउने आगन्तुकहरु समेत उनको आवासमै पुग्नै गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।