शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमल थापाको प्रश्न हिन्दुराज्य र राजतन्त्र मासेर हामीले के पायौ?

कमल थापाको प्रश्न हिन्दुराज्य र राजतन्त्र मासेर हामीले के पायौ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं ­– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको बताए। उनले यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको समेत बताए। 

‘यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ। किन देशमा स्थायित्व भएन? किन परिवर्तन भएन? राष्ट्र विखण्डनको आवाज किन उठ्यो? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट किन आयो?’ थापाले प्रश्न गरे।

पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको भन्दै थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गरे। 

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ।

थापाले लोकतन्त्रसहितको राजसंस्थाको पनि आवश्यकता रहेको औँल्याएका छन्। गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै अव लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने थापाको भनाई छ। उनले यि सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग मागसमेत गरे।

केही दिन अघि प्रधानमन्त्री केपी ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रका बारेमा पुष्टी गर्दै थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताए।

राप्रपाले सरकारलाई दबाब दिन फागुन १५ गतेदेखि गर्ने राष्ट्रिय स्वाभिमान यात्राको औचित्य बारे पनि थापाले प्रष्ट्याएका थिए। १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने छ।

पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहोनीबीचको एकताबारे थापाले गम्भीर प्रश्न उठाएका छन्।

‘पशुपतिशमशेर राणाले जवाफ दिनुपर्छ हामीसँग किन एकता गर्न चाहनुभएन? किन प्रकाशचन्द्र लोहोनीसँग एकता गर्नुभयो?’ थापाले प्रश्न गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।