शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्किङ गर्नेक्रममा बोलेरोको ठक्करबाट २ महिलाको मृत्यु

पार्किङ गर्नेक्रममा बोलेरोको ठक्करबाट २ महिलाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धादिङ- धादिङको गल्छीमा बोलेरो जीपको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । 

आइतबार राति बा २० च ६२२१ नंको बोलेरो जिपले किचेर गल्छी गाउँपालिका- ४ की ३५ वर्षीया जमुना भुजेल र वडा नं ५ की ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो ।

उक्त जिप पार्किङका लागि सडक छेउमा राख्न लाग्दा पसलको अगाडि गफ गरीरहेका तीन जनालाई किचेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

भुजेलको घटनास्थलमै र तामाङको उपचारका क्रममा मृत्यु भएको विष्टले बताए । घटनामा घाइते भएकी गल्छी-५ की ३६ वर्षीया धनकुमारी तामाङको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

तीनजना गफ गरेर बसेका बेला पार्किङ गर्ने क्रममा जीपले ठक्कर दिएको थियो । चालकले गाडी पार्किङ गर्न खोज्दा उनीहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीका चालक फरार रहेको र उनको खोजी कार्य तिब्र पारिएको प्रहरीले बताएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।