शनिबार, साउन १६, २०८३

प्रहरीले एकैपटक माग्यो सयौंको संख्यामा प्राविधिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा ठूलो संख्यामा आवेदन मागेको छ । करिव एक दर्जन भन्दा बढि पदमा एकैसाथ भर्ना खोलेको प्रहरीले सयौंको संख्यामा प्राविधिक माग गरेको हो । 

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभागले सोमबार गोरखापत्रमा सुचना प्रकाशित गर्दै स्वास्थ्य, इन्जिनियरिङ, सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा दरखास्त आह्वान गरेको छ । 

उसले विभिन्न पदका आधारमा उमेर तय गरेको छ। प्राविधिक प्रहरी साहायक निरिक्षकका लागि १८ वर्ष पुरा भइ २८ वर्ष ननाघेको हुनु पर्ने छ । यस्तै प्राविधिक प्रहरी नायव निरिक्षकका लागि  १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनु पर्ने, प्राविधिक प्रहरी निरिक्षकका लागि २० वर्ष पुरा भई ३२ वर्ष ननाघेको हुनुपर्ने, प्राविधिक प्रहरी नायव उपरिक्षकका लागि २३ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने प्रावधान राखिएको छ । 

दरखास्त दिनका लागि फागुन २६ देखि  चैत २२ गतेसम्मको समयावधी दिइएको भर्ना तथा छनौट महाशाखाले जनाएको छ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।