शनिबार, साउन १६, २०८३

सर्वोच्चले सोध्यो- शोभराजकाे कैद किन मिनाहा नगर्ने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- सर्वोच्च अदालतले चाल्र्स शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो ।

अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष पुगेको हुनाले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुट पाउनुपर्ने माग गर्दै गत कात्तिक १९ गते रिट निवेदन दायर गरेकी थिइन । कारागार ऐनमा असल चालचलन भएका ७० वर्ष पुगेका ज्येष्ठ कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ ।

सोही व्यवस्थानुसार सजाय भोगिरहेका विदेशी नागरिकका हकमा पनि लागू गर्न रिट निवेदनमा माग गरिएको थियो । काठमाडौँ र भक्तपुर जिल्ला अदालतले अमेरिकी र क्यानडाली नागरिकको हत्या गरेको ठहर गर्दै शोभराजलाई जन्मकैदको फैसला सुनाएको थियो । शोभराजले सन् २००३ देखि कैद सजाय भोगिरहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।