शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन १२ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

एनसेल विष्फोटमा बिप्लवको पार्टी सलग्न रहेको गृहमन्त्रीको दावी

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एनसेल बिष्फोटनमा  नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको संलग्नता रहेको दावी गरेका छन्। 

निद्रा किन र कति आवश्यक

‘राति चाँडो सुत्छु, सुत्छु भन्दाभन्दै १२ बज्छ, बिहानी चाँडै उठ्छु भन्दा भन्दै ८ बज्छ।’ 

यो लाइन केही दिनअघि कसैको फेसबुक स्टेटसमा देखेको थिए। यथार्थमा हो पनि।

हात्तिबनमा साइकल उडाउँदै (फोटो फिचर)

शनिबार हात्तिबनमा बेग्लै रमाइलो थियो। एकथरी युवाहरु साइकल कुदाएका मात्र थिएनन्, उडाउन खोज्दै थिए। 

कांग्रेस विधान बहुमतबाट पारित, असन्तुष्ट पक्षले लेख्यो नोट अफ डिसेन्ट

नेपाली कांग्रेस भित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले बहुमतबाट विधान पारित गरिएपनि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले नोट अफ डिसेन्ट लेखेको छ। 

सरकारी डाक्टरले दिए ७२ घण्टे अल्टीमेटम, माग पुरा नभए अस्पतालमा अनिश्‍चितकालीन बन्द

समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरुले ७२ घण्टा भित्र आफूहरुका माग पुरा नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

१४ एसएसपीको सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। प्रहरी उपरीक्षकबाट बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को आइतबार सरुवा गरिएको हो।

बलात्कारको अभियोगमा तीनजना पक्राउ

जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले सप्तरीबाट तीन जनलाई पक्राउ गरेको छ। बलात्कारको दुई छुट्टाछुट्टै घटनामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

शिक्षक बनाइदिने भन्दै घुस मागेपछि...

शिक्षक पदमा नियुक्ति दिने भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यले एक युवकसँग घुस लिएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक शिक्षकमा नियुक्ति गरिदिने भन्दै घुस लिएको अभियोगमा विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ। 

राजपाका प्रदेश सांसद आफ्नै मन्त्रीबाट किन असन्तुष्ट?

संघीयता कार्यान्वयनमा आइसकेपछि प्रदेश सरकार गठन भएको एक वर्ष बितिसकेको छ। एक वर्षको कार्यकालमा प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। 

६ विगाहमा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ विगाह क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ। लेकबेशी नगरपालिका–८ लामिडाँडामा अवैध रुपमा लगाइएको अफिम खेती (लागुऔषध) नष्ट गरिएको हो। 

महिला विश्वकप छनोट : हङकङमाथि नेपालको सहज जित, नेरीको उत्कृष्ट बलिङ

आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले आइतबार भएको खेलमा हङकङलाई चार विकेटले हराउँदै तेस्रो जीत निकालेको छ।

झर्रोवादी आन्दोलनका अगुवाको अवसान

आज बिहान साढे १ बजे निधन भए विराटनगर निवासी भाषाशास्त्री तथा साहित्यकार बालकृष्ण पोखरेल। नेपालकै प्रख्यात भाषाशास्त्री पोखरेल लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए। विराटनगरको परोपकार घाटमा भएको अन्त्येष्टिमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे। 

त्रिपालमा सुर्खेतका कैदीबन्दी

त्रिपालमुनि पस्नेबित्तिकै उकुसमुकुस लाग्ने ठाउँ। बीचमा लहरै बिस्तरा। दुवैतिर मान्छे छिर्न सक्ने गरी बनाइएका ढोका। यो दृश्य हो सुर्खेत कारागारको। साना तीनवटा त्रिपालका झुप्रा छन्। त्योभन्दा अल्ली ठूला र टिनको पाताले छाएका तर जिर्न तीतवटै टहरा छन्।

राणालाई छाडेर बोहोरा थापाको पार्टीमा

डा प्रकाशचन्द्र लोहनीसँग पार्टी एकीकरण गरेपछि असन्तुष्ट बनेको राप्रपा प्रजातन्त्रिकका उपाध्यक्ष दीपक बोहोरा फेरि कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन्। उनी प्रवेश लगतै राप्रपाका बरिष्ठ नेतामा  मनोनित भएका छन् । राप्रपा अध्यक्ष कमल थापाले उनलाई आइतबार नै बरिष्ठ नेतामा मनोनित गरेका छन्। 

कांग्रेस केन्द्रीय समतिको बैठक : यस्ता छन् एजेन्डा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। बैठकमा नेविसंघको विवाद, तदर्थ समितिको गठन, विधान र महासमितिले प्रस्ताव गरेका पारित बारे छलफल हुने छ। 

काठमाडौंमा अब विजुलीका सबै लाइन जमिनमुनि

विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ। प्राधिकरणले पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ। 

सुत्केरीलाई अण्डा : शिशुलाई लुगा

दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवतीलाई अण्डा वितरण गरिएको छ। नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई पोषण परामर्श केन्द्रबाट ६६ गर्भवती तथा सुत्केरीलाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिए। 

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कांग्रेस मुख्यालयमा कुटाकुट, १० जना घाइते

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय घेराउ गर्ने क्रममा नेपाल विद्यार्थी संघका दुई समूहबीच कुटाकुट भएको छ । घटनामा १० जना घाइते भएका छन् । संस्थापन पक्ष विद्यार्थी र सिटौला  पक्षीय विद्यार्थीबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

दुर्घटना रोक्न ४८ हजार चालकलाई एकैसाथ प्रशिक्षण

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । 

आसाममा विषाक्त मदिराबाट एक सयकाे  मृत्यु

भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । 

कांग्रेस पार्टी कार्यालय घेराउ गर्दै नेविसंघ 

पार्टीलाई कमजोर बनाउने काम नेताहरुले नै गरेको भन्दै नेविसंघले कांग्रेस पार्टी कार्यालय सानेपा घेराउ गर्ने भएको छ ।

राउटे समुदायले पनि जागिर खान थाल्यो 

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो । 

प्रख्यात भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

नेपाली भाषाका प्रख्यात मानिने भाषाशास्त्री,साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका अवकासप्राप्त प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । विराटनगर निवासी ८६ बर्षिय पोखरेलको उपचारकै क्रममा शनिबार राति साढे १ बजे मृत्यु भएको उनका  चेला तथा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सभा सदस्य विवश पोखरेलले बताएका छन ।

एकैसाथ ६४ इन्स्पेक्टरकाे बढुवा, को को भए डिएसपी ? 

प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव निरिक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।