शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी डाक्टरले दिए ७२ घण्टे अल्टीमेटम, माग पुरा नभए अस्पतालमा अनिश्‍चितकालीन बन्द

सरकारी डाक्टरले दिए ७२ घण्टे अल्टीमेटम, माग पुरा नभए अस्पतालमा अनिश्‍चितकालीन बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरुले ७२ घण्टा भित्र आफूहरुका माग पुरा नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

आन्दोलनमा उत्रिएको सरकरी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार विज्ञप्ति जारी गर्दै गत शुक्रबार एक दिन सांकेतिक बन्द गरेकोमा बुधबारदेखि भने अनिश्चितकालीन सेवा बहिष्कार गर्ने चेतावनी दिएको हो।

गोदानमा आबद्ध चिकित्सकले बुधबारदेखि आकस्मिकबाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरेका छन्। ७२ घण्टाभित्र माग पूरा नभएर सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने र त्यति गर्दा पनि आफूहरुका माग सुनुवाई नभए सामूहिक राजीनामा दिने घोषणा गोदानले गरेको छ।


गोदानले बुधबारकै लागि घोषित ‘स्वास्थ्य सेवा दिवस’ बहिस्कार गर्नेसमेत जनाएको छ। 

यस्ता छन् चिकित्सकका ७२ घण्टे आन्दोलनाका कार्यक्रम

१. जनताको स्वास्थ्यलाई ध्यानमा राखी राज्यपक्षलाई समस्या समाधानका लागि आइतबारबाट ७२ घण्टे अल्टिमेटम दिने।

२. सो अल्टिमेटम समयमा सबै सरकारी अस्पताल प्राङ्गणमा बिहान १० देखि ११ बजे विरोध तथा सचेनताको धर्ना दिने।

३. २०७५/११/१४ भित्र समाधान नआए २०७५/११/१५ गते बुधबार का दिनबाट देशैभरिका सरकारी स्वास्थ्य संस्थाहरु आकस्मिक बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने।

४. २०७५/११/१५ गते बुधबार सरकारले मनाउन लागको ‘स्वास्थ्य सेवा दिवस’ बहिस्कार गर्ने।

५. यसरी पनि राज्यपक्षले समस्या समाधान नगरे सम्पूर्ण सरकारी चिकित्सकको संकलित सामुहिक राजिनामा बुझाई राज्यपक्षलाई मार्गप्रशस्त गरिदिने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।