काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। प्रहरी उपरीक्षकबाट बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को आइतबार सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्ष सन्दीप भण्डारीलाई विमानस्थलमा, उमेशराज जोशीलाई आजीपी सचिवालयमा, श्यामलाल ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय रानिपोखरी प्रशासन महाशाखमा, रामदत्त जोशी कन्द्रीय अनुसन्धान ब्युरोमा, दीपक थापालाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखामा, किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।
नेपाल राजदूतावास नयाँ दिल्लीको कन्सुलरमा प्रकाश अधिकारी, महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत देव बहादुर बोगटीलाई संघीय प्रहरी इकाई कार्यालय सेतीमा सरुवा गरिएको छ। लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा विश्वराज पोखरेल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दिवेश लोहनी र संघीय प्रहरी इकाई कार्यालय गण्डकीमा पूजा सिंहलाई सरुवा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४