शनिबार, साउन १६, २०८३

बलात्कारको अभियोगमा तीनजना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले सप्तरीबाट तीन जनलाई पक्राउ गरेको छ। बलात्कारको दुई छुट्टाछुट्टै घटनामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

एक ३० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ बस्ने ३८ वर्षीय देवेन्द्र यादवलाई पक्राउ गरेको छ। शनिबार साँझ आफ्नै छिमेकी एक महिलाको घरमा छिरी बलात्कार गरेको अभियोगमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सप्तरीकै कञ्चनरुप नगरपालिका–५ घर भएकी एक २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले अन्य दुई जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोहि ठाउँ बस्ने भीम मुखिया र भरत मुखिया रहेको प्रहरीले जनाएको छ। बोल्न नसक्ने ती युवतीलाई दुबैजनाले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको जंगलमा लगी सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनाउपर आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।