इटहरी- नेपाली भाषाका प्रख्यात मानिने भाषाशास्त्री,साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका अवकासप्राप्त प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । विराटनगर निवासी ८६ बर्षिय पोखरेलको उपचारकै क्रममा शनिबार राति साढे १ बजे मृत्यु भएको उनका चेला तथा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सभा सदस्य विवश पोखरेलले बताएका छन ।
गत माघ ६ गते भारतको सिक्किमस्थित छोरीको घरमा गएका बेला माघ ६ गते मस्तिस्कघातबाट पीडि भएका पोखरेललाई सिक्किमकै नर्स बैंङ्गल न्यूरो सेन्टरमा भर्ना गरिएको थियो । त्यसपछि, विराटनगरको स्पार्क नेचुरोप्याथी एन्ड फिजियोथेरापी अस्पतालमा भर्ना गरिएका पोखरेलको उपचारकै क्रममा मृत्यू भएको हो ।
‘खस जातिको इतिहास’, ‘बृहत् नेपाली शब्दकोश’, ‘ राष्ट्रभाषा’, ‘पाँच सय वर्ष’ नामक अनुसन्धान कृति प्रकाशन गरेका पोखरेललेका दर्जनौँ उपन्यास, कथा, नाटक र समालोचना जस्ता विभिन्न पाँच विधाका थुप्रै कृतिहरू प्रकाशित छन् ।
स्वर्गिय माता छाया देवी पोखरेल तथा पीता शरदप्रसाद पोखरेलका पुत्र बालकृष्ण पोखरेलको जन्म ८६ बर्ष अगाडि मकवानपुरको चिसापानीगढिमा भएको हो । तत्कालिन समयमा जिल्ला न्यायधिश पदमा रहेका आफ्ना पीताको सरुवा अनुसार प्युठान, पोखरा, पाल्पा, काठमाण्डौ, चौतारा र विराटनगर आदि सहरहरुमा बसाइसरिरहे पोखरेल ।
नेपाली, मगर, अङ्ग्रेजी, हिन्दी लगायतका भाषाका जानकार पोखरेलले मगर भाषामा पनि खोज गरेका थिए । ठेट नेपाली भाषाको प्रयोग हुनुपर्ने पक्षको झर्रोवादी आन्दोलनका अभियन्ता पोखरेलले विभिन्न उपनामहरूबाट ७० बढी उपन्यास लेखेका छन् । ‘वसन्त’, ‘बत्सल’, ‘बालकृष्ण रुपाखेती’, ‘केके मनुच्यो पोखरेल’, ‘गड्तिरे साइँला’ आदि नामबाट पोखरेलका उपन्यासहरू प्रकाशित भएका छन् ।
‘सौर्य’ महाकाव्य, ‘शान्ती सेना’, ‘साना सानी’, ‘रसिला कविता’ र ‘कानुन लाम’ ९मगर भाषा० नामक विभिन्न कविता संग्रहरु रहेका छन पोखरेलका । यस्तैगरि, ‘झपटका दश कथा’ र ‘एक मन दश चिन्तन’ जस्ता समालोचना प्रकशित गरेका पोखरेलले ‘बारुद र चेरीका फूलहरु’ नामक अनुवा कृति पनि प्रकाशित छ ।
‘उकुस मुकुस’, ‘तेश्रो एकमुखे रुद्राक्षको खोजी’, ‘कलेजस्तरक निबन्धी निबन्ध’ र ‘हिमाल रचना’ नामक निबन्ध संग्रहहरु पोखरेलले लेखेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४