शनिबार, साउन १६, २०८३

सुचना पाएर पनि प्रहरी निष्कृय हुँदा एनसेलमा विस्फोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।

नागरिक र कान्तिपुर दैनिकले एक जनाको ज्यान जाने गरि एनसेल टावरमा भएको विस्फोट र त्यसले निम्त्याएको सुरक्षा चुनौतीको विषयलाई मुख्य समाचार बनाएका छन् । ललितपुरमा भएको विस्फोटमा परि एक जनको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

ललितपुरलगायत एकैपटक कम्तीमा १० जिल्लाका एनसेल टावरमा एकैदिन शृंखलावद्ध वम विस्फोट र आगजनीले सुरक्षा चुनौती बढाएको छ ।

नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार प्रहरीको एक युनिटलाई विस्फोट बारे सुचना थियो । 

काठमाडौं, ललितपुरलगायत मुलुकका विभन्न स्थानमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले विस्फोट गराएर आतंक मच्याउँदैछन् भन्ने सूचना प्रहरी प्रधान कार्यालयको एउटा युनिटलाई एक साताअघि सूचना आएको थियो । त्यो युनिटले काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी प्रमुखलाई यसबारे जानकारीसमेत गराएको थियो ।

त्यसैअनुसार तीनटै जिल्लाका प्रमुखले केही दिनसम्म खोजतलास गरे तर सुराक फेला पार्न नसकेपछि प्रहरी निस्क्रिय जस्तै भएका बेला शुक्रबार साँझ ललितपुरलगायत विभिन्न जिल्लामा बम विस्फोट भयो । काठमाडौंमा भने बम विस्फोट हुने अवस्था आएन। नेपाली सेनाको टोलीले त्यसलाई निस्क्रिय बनाएको थियो । मुुलुकका विभिन्न भागमा विस्फोट गराइँदै छ भन्ने सूचनालाई प्रहरीको कुनै पनि संयन्त्रले गम्भीरतापूर्वक नलिएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले मेलम्ची खानेपानी आयोजनाको नालीबेलीलाई प्रमुखताका साथ छापेको छ । २० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर, मेलम्चीको पानी काठमाडौं आएन शीर्षकमा खबर लेखेको नयाँ पत्रिकाले ४२ अर्ब सकिए पनि अझै १० प्रतिशत काम बाँकी रहेको समाचारमा उल्लेख गरेको छ ।

अन्नपूर्ण पोस्ट्ले भने तराइ मधेशमा साहुले ऋणको जमानीका रुपमा नागरिकता राख्ने र खोस्ने गरेको  विषयलाई मुख्य समाचार बनाएको छ । उसले बाउको नागरिकता साहुकहाँः ऋण चुक्ता गर्न नसके अनागरिक शीर्षकमा खबर लेखेको छ । 

कारोबार दैनिकले भने वन लगानी कार्यक्रममा विश्व बैंकले थप पौने ६ अर्ब लगानी सहयता रकम उपलब्ध गराउने विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै उसले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आठ महिनाभित्र परीक्षण उत्पादन थाल्ने खबरलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।