शनिबार, साउन १६, २०८३

दिपेन्द्र बने प्रतियोगिताको सर्वोकृष्ट खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटमा सिवाइसी अत्तरियाको कप्तानी सम्हालेका दिपेन्द्र सिंह ऐरी प्रतियोगितको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । आफ्नो टोलीलाई पहिलो पटक डिपिएलको उपाधि दिनाउन महत्वपूर्ण भुमिका खेलेका ऐरी प्रतियोगितको भ्यालुएबल प्लेयर घोषित भएका हुन् ।
  
आफ्नो टोलीलाई जित दिलान उनले ७ खेल खेल्दै १ सय ६८ रन जोडेका थिए । उनी एउटै खेलमा सर्वाधिक रन बटुल्ने खेलाडी समेत हुन । उनले रुपन्देही च्यालेन्जर्सविरुद्धको खेलमा सर्वाधिक ६७ रन जोडेका थिए । 

यस्तै ऐरीले प्रतियोगिता भरी १० विकेट समेत लिएका थिए । यससँगै ऐरीले गोल्डेन बुट र एक लाख नगद पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यनको उपाधि सन्नी पटेलले जिते । 

उनले ७ खेल खेल्दै प्रतियोगिता भरी २ सय २ रन जोडे । सन्नीले सात खेलमा ९ विकेट समेत लिएका थिए । सन्नी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट ब्याट्सम्यान र प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै सन्नीले समग्रहमा तीन लाख जिते ।  

भुवन कार्की प्रतियोगिताको उत्कृष्ट बलर चुनिए । उनले प्रतियोगिता भरी ७ खेल खेल्दै १४ विकेट लिएका थिए । कार्कीले एक लाख नगद पुरस्कार प्राप्त गरे ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।