शनिबार, साउन १६, २०८३

पहिलो पटक अत्तरियालाई डिपिएलको उपाधि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सन्नी पटेलको अलराउण्डर प्रदर्शनको मद्दतले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरियाले पहिलो पटक डिपिएलको उपाधि जितेको हो । दिपेन्द्र सिंह ऐरीले आफ्नो कप्तानमा पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जिताएका हुन् । 

यसअधि उने कप्तानी गरेका कुनै पनि टिम फाइनल पुगेका थिएनन् । उनको कप्तानीमा पहिलो पटक फाइनल पुग्दै उपाधि समेत उचालेको छ । यससँगै अत्तरियाले ३० लाख प्राप्त गरेको छ भने दोस्रो बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ ।

महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको अत्तरियाले १९‍.५ ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो । अत्तरियाका लागि सन्नी पटेलले ४७ रन जोडे । उनले २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । उनले यसअघि चार ओभरमा बलिङ् गर्दै मात्र ११ रन खर्चेर दुई विकेट लिएका थिए । त्यस्तै जयकिसन कोल्सावालाले ३० रन जोडे । उनले २७ बल खेल्दै पाँच चौका प्रहार गरेका थिए । कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

महेन्द्रनगरका लागि सागर ढकाल र मोहामद नाभिदले समान दुई दुई विकेट लिए । त्यस्तै साहद आलम र अभिनास बोहराले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रन जोडेको थियो । खराब सुरुवात गरेको महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रन जोडे । उनले ४१ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोडेका हुन् । 

त्यस्तै कुसल मल्लले २२ बलको सामना गर्दै एक चौका र दुई छक्काको मद्दतले २५ रन जोडे । रोहित कुमार पौडेलले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडे । आरिफ सेखले ११, मोहमद नाभिदले १० रन जोडे ।

अत्तरियाका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र सिंह रावतले समन दुई दुई तथा  सन्नी पटेलले एक विकेट लिए ।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।