शनिबार, साउन १६, २०८३

बम बिष्फोटका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटका घाइतेलाई भेटेर उनीहरुको निःशुल्क उपचार गर्ने जनाएका छन्। 

शनिबार मेडिसिटी अस्पताल पुगेर गृहमन्त्री थापाले घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेटेर दोषीलाई कानुनको दाएरामा ल्याउने समेत बताए। 

मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल पुगेका थिए। शुक्रबार बेलुका नख्खुस्थित एनसेल केन्द्रीय कार्यालय अगाडिको गेटमा अज्ञात समूहले बम विष्फोट गराउँदा प्रतिक्षा खड्का, उषा मानन्धर र सिंहप्रताप गुरुङ घाइते भएका थिए। गुरुङको भने उपचारको क्रममा मेडिसिटी अस्पतालमै मृत्यु भइसकेको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिइसकेको छ भने थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।