धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा शुक्रबार राति आगजनी गरिएको छ।
इलाका प्रहरी कार्यालय झलारीले दिएको जानकारी अनुसार टावरमा लगाइएको बारको गेटको ताला तोडेर भित्र गई टावरमा आगजनी गरिएको हो। प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले दिएको जानकारी अनुसार आगजनीबाट टावरका केबल र बोर्ड जलेको छ।
एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको उनले जानकारी दिए।
टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेकाले कारवाही गर्नु परेको लेखेको पर्चा प्रहरीले फेला पारेको छ। प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ।
शुक्रबार राति नै लेखनाथ-पोखरा महानगरपालिका र काठमाडौंको नख्खुस्थित एनसेल टावरमा पनि विस्फोट तथा आगजनी गरी क्षती पुर्याइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४