शनिबार, साउन १६, २०८३

घाइते मेस्सीलाई किन घोच्दै छ बार्सिलोना?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाका स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी पछिल्लो पटक २ फेब्रअरीमा भ्यालेन्सियाविरुद्धको खेलमा घाइते भएका थिए । उनी ला लिगाको २२ औं खेलको ६९ औं मिनेटमा घाइते भएका थिए । उक्त खेलमा बार्सिलोनाले २-२ को बराबरी खेल्दा कप्तान मेस्सी एक्लैले दुई गोल गरेका थिए । 

खेलको ३९ औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेका मेस्सीले ६४ औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गरे । तर, दोस्रो गोल गरेको तीन मिनेट नबित्दै मेस्सी घाइते भएका थिए । उक्त खेलमा घइते भएपनि उनले मैदानमा भने पुरै समय बिताए । 
Image result for messi injury
उक्त खेल पछि उनको  तीघ्राको मांशपेसीमा समस्या देखिएको थियो । जस कारण उनी रियलविरुद्धको पहिलो लेगमा खेल्ने सम्भावना ज्यादै न्यूनरहेको बताइएको थियो । तर, उक्त खेलका लागि मेस्सी अति आवस्यक भएकाले अन्तीम समयसम्म उनको पर्खाइमा रहने प्रशिक्षक एर्नेस्टो भाल्भेर्डेले बताएका थिए । 

नभन्दै मेस्सी सुरुवाती ११ मा परेनन् । रियलविरुद्ध भएको कोपा डेल’रे को पहिलो लेगमा रियलले सुरुवाती अग्रता लिएको थियो । तर, दोस्रो हाफमा बार्सिलोनाले १ गाले फर्काउँदै बराबरी खेल्यो । 

उक्त खेलमा पनि घाइते बनेका मेस्सीलाई खेलको ६३ औं मिनेटमा फिलिप्पे काउटिन्होको स्थानमा मैदानमा घोचेरै छोडे । घाइतेका बाबजुद पनि मैदान छिरेका मेस्सीले गोल गर्न नसके पनि उनको प्रदर्शन भने राम्रो रहेको थियो । 
Image result for messi injury
त्यसपछि मेस्सीले पुनः ला लिगामा २३ औं लेग एथ्लेटिको बिल्बाओसँग खेल्यो । पुन खेलमा पुरै समय मैदानमा रहेपनि उनले कुनै गोल गर्न सकेनन् । ला लिगाको २४ औं लेगमा मेस्सीले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै भालाडोलिडसँग १-० ले जित दिलाए । 

पछिल्लो खेल च्याम्पियन्स लिगमा प्रि-क्वाटरफाइनलको पहिलो लेगमा लियोनसँग खेल्यो । लियोनको घरेलु मैदानमा बुधबार भएको खेलमा बार्सिलोनाले गोलरहित बराबरी खेल्यो । घाइते मेस्सीलाई बार्सिलोनाले मैदानमा घोचि रहनुले पनि पछिल्लो खेलहरुमा राम्रो नतिजा आउन सकिरहेको छैन् । 
Image result for messi injury
त्यसैले मेस्सीलाई केही समय आरामको आवस्यकता छ । आज (शनिबार) बार्सिलोनाले सेभियासँग उसैको मैदानमा खेल्दै छ । त्यसको केही दिन पछि बार्सिलोनाले च्याम्पियन्स लिगमा लियोनसँगको प्रि-क्वाटरफाइनलको दोस्रो लेग खेल्दै छ । जुन च्याम्पियन्स लिगमा अघि बढ्नका लागि बार्सिलोनालाई जितको आवस्यकता छ । 

त्यसैले पनि सेभियाविरुद्धको खेलमा मेस्सीलाई विश्राम दिन आवस्यक छ । पछिल्लो समय घाइले भएपछि मेस्सीले चार खेल खेल्दा एक गोल मात्र गरेका छन् । उक्त गोल पनि उनले पेनाल्टीमा गरेका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।