शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्‍लामा एक महिनादेखि सडक अवरुद्ध, दैनिक उपभोग्‍य सामग्रीको अभाव

जुम्‍लामा एक महिनादेखि सडक अवरुद्ध, दैनिक उपभोग्‍य सामग्रीको अभाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जुम्‍ला - कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करीब एक महीनादेखि अवरुद्ध छ। भारी हिमपातका कारण सडक खुलाउने प्रयास गरिए पनि अझै खुलाउन सकिएको छैन।

डोजर लगाएर नाग्मा-गमगढी राजमार्गको हिउँ पन्छाई सडक खुलाउने प्रयास भएपनि हिमपात भइरहने र नरोकिएका कारण डोजरले पनि पन्छाउन सजिलो छैन।पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले सडक खुलाउन असजिलो भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

सडक अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्रीको अभाव बढ्दै गएको छ।सदरमुकाममा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तु अभाव हुन थालेको हो।गोदाममा ग्यास सकिँदा किन्न आएका ग्राहक रित्तै फर्किन थालेको व्यापारी बताउँछन्।गमगढी बजारमा ग्यास सिलिण्डर अभाव हुँदा स्थानीयवासी दाउरा किनेर खाना पकाउन बाध्य छन्।

अवरुद्ध सडक खुलाउन सरोकारवाला निकायबाट पहल भए पनि हिमपात नरोकिँदा समस्या भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढाले बताए।बजार क्षेत्रमा चामल, चिनी, तेल, मैदा, बिस्कुट, चाउचाउलगायतको मौज्दात घटेको छ। गमगढीमै दैनिक उपभोग्य वस्तु अभाव हुन थालेपछि गाउँबाट किन्न आएका उपभोक्ता मर्कामा परेका छन्।

खत्याड गाउँपालिका जोड्ने कालाकाँडा सडकखण्ड पनि हिमपातले एक महीनादेखि बन्द भएको छ।दैनिक उपभोग्य वस्तुलगायतको अभाव चुलिएको स्थानीयको भनाइ छ।गाउँपालिकाका स्वास्थ्य केन्द्रमा औषधि अभाव शुरु हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ। रारा जेउडे हुँदै निगाल जाने बाटो हिउँका कारण बन्द भएपछि स्थानीयको आउजाउ रोकिएको छ।बाटोमा करीब पाँच फिट हिउँ जमेपछि आवतजावत गर्न समस्या भएको स्थानीय गणेश टमटाले बताए। उनका अनुसार गाउँपालिकाबाट सदरमुकाम गमगढीमा पुग्न दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।