शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजधानीमा रातभर बम आतंक : नख्‍खुमा विस्फोट हुँदा तीन जना घाइते, कमलपोखरीमा डिस्पोज

राजधानीमा रातभर बम आतंक : नख्‍खुमा विस्फोट हुँदा तीन जना घाइते, कमलपोखरीमा डिस्पोज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानी काठमाडौंमा शुक्रबार राति बम आतंक मच्चाइएको छ। राजधानीका विभिन्‍न ठाउँमा राखिएको बम बिस्फोट भएको छ। 

 ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयअघि शुक्रबार साँझ भएको शक्तिशाली विस्फोटमा तीन जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार विस्फोटमा परी काभ्रेकी २५ वर्षीया प्रतीक्षा खड्का, लमजुङ घर भई भैँसेपाटी बस्ने सिंहप्रसाद गुरुङ र मेडिसिटी अस्पतालकी नर्स २५ वर्षीया उरुषा मानन्धर घाइते भएका छन्। तीनै जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये गुरुङको अवस्था चिन्ताजनक छ भने बाँकी दुईको पनि तत्काल केही भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी कमलपोखरीमा रहेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। 

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि विस्फोट भएलगत्तै कमलपोखरीमा झोलामा प्रेसर कुकर बम राखिएको प्रहरीले जनाएको छ। लगत्तै डिस्पोजल टोलीले घटनास्थललाई ‘सिल’ गरी निस्कृय बनाएको हो। 

बम कसले राखेको भन्‍ने अहिलेसम्म जानकारी नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बम राख्‍नेको खोजी भइरहेको र सीसीटीभी फुटेज चेक गरिरहको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।