शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँ पसेका क्रिश्‍चियन धर्म प्रचारकलाई स्थानीयले लखेटे

गाउँ पसेका क्रिश्‍चियन धर्म प्रचारकलाई स्थानीयले लखेटे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कञ्‍चनपुर- गाउँमा गएर क्रिश्चियन धर्म प्रचार गर्दै गरेको अवस्थामा भेटिएका तीन विदेशी र एक नेपालीसहित चार जनालाई कंचनपुरका स्थानीयले लखेटेका छन्।

कृष्णपुर नगरपालिका-४ मा शुक्रबार क्रिश्चियन धर्मको प्रचार गरिरहेका दुई युक्रेनी, एक भारतीय र एक नेपालीलाई स्थानीयले लखेटेका हुन्। स्थानीयले नियन्त्रणमा लिएर गाउँको पिपल चौतारामा ल्याएर श्रीराम लेखेको खादा ओडाई, जय हिन्दु भन्न लगाई माफी माग्न लगाएका थिए। 

उनीहरुले अबदेखि नआउने सर्तमा लखेटेको स्थानीय संजिव शाहीले नेपाल समयलाई जानकारी दिए। उनिहरुले आफुहरु धर्म प्रचारको क्रममा आएको स्वीकार गरेको शाहीले जानकारी दिए। 

स्थानीले धर्म प्रचार गरिरहेको थाहापाएपछि भाग्न खोजेका उनीहरुलाई गाउँले जम्मा भएर नियन्त्रणमा लिएको शाहीले बताए। भारतीय नम्बर प्लेटको गाडीमै गाउँ छिरेका उनीहरु भारतबाट नेपाल छिरेको आशंका गरिएको छ। उनीहरुको नाम भने खुल्न सकेको छैन।

कुनै पनि धर्म प्रचार गर्न कानुनले बर्जित गरेको भएपनि विभिन्न प्रलोभन देखाई गाउँ-गाउँमा क्रिश्चियन धर्म प्रचारकहरु भेटिन थालेका छन्। यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ। 

यो पनि पढ्‍नुहोस्, क्रिस्चियन प्रचारको अर्को हथकन्डा : स्वस्थानीको किताबमा यिसुख्रिस्टको कथा
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।