शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन १० गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

अस्ट्रेलिया पुगेका नेपाली युवती यौन धन्दामा !

नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि पढ्न जाने देश हो अस्ट्रेलिया। नेपालीलाई पढाइ र कमाइ दुवै गर्न सहज हुने देश भनेर पनि अस्ट्रेलियामा जाने बढेका छन्। सन् २०१९ को आँकडा नआए पनि पुराना तथ्यांकले नेपाली विद्यार्थी अस्ट्रेलियामा अन्यत्नै बढिरहेको देखाउँछ।

अस्ट्रेलियामा अलपत्र विद्यार्थीमाथि उल्टै यस्तो धम्की ! (भिडियोसहित)

अस्ट्रेलियामा अलपत्र भएका विद्यार्थीहरुलाई नेपालका  कन्सल्टेन्सीहरुले मिडियामा आएर बद्नाम गर्न खोजेको भन्दै धम्की दिएका छन् । बद्नाम गर्ने उद्देश्यले मिडियाबाजी गरेको भन्दै कन्सल्टेन्सीहरुले फोनमार्फत धम्की दिएको विद्यार्थीहरुले बताएका छन्। 

कार्यदल भंगसँगै नेकपाको सांगठनिक एकीकरण अन्योलमा

नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकीकरणका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो। 

प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन गराउन केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ। गएको माघ ६ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कैलालीस्थित मालाखेती अस्पताल, डडेल्धुरास्थित जोगबुडा अस्पताल, दार्चुलास्थित गोकुलेश्वर अस्पताललाई १५ श्ययाबाट २५ श्यया र बेलौरी कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो।

अस्पताल ठप्प पारेर डाक्टरहरू आन्दोलनमा (फोटोफिचर)

समायोजन प्रक्रियामा असहमति जनाउँदै सरकारी चिकित्सकहरू देशभरका अस्पतालमा सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। सरकारले अपमानित तरिकाले समायोजन गर्न खोजेको भन्दै शुक्रबार चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका हुन्। 

निर्मला हत्याको सात महिना : न्यायको आस मार्दै बाबुआमाले अनशन छोडे

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सात महिना बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन। अपराधी पत्ता लगाउँन माग गर्दै थुप्रै आन्दोलन भए। निर्मलाका आमाबुवाले प्रधानमन्त्री कार्यालयको ढोकासमेत ढकढकाए।

गौचर बन्‍ने खतरामा मेघौली विमानस्थल

कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । तर त्यो तामझाम धेरै समय टिक्न सकेन।

भन्‍सार कार्यालयको 'बदमासी' : पुराना गाडीलाई नयाँ भन्दै लिलाम

कैलाली भन्सार कार्यालयले वर्षौ पुराना गाडीहरुको नयाँ उत्पादन मिति राखे लिलामी गर्न लागेको खुलासा भएको छ। सवारी साधन लिलामीका लागि २१ दिने सूचना निकालेको कार्यालयले उत्पादन मितिमा चलखेल गरेको पाईएको हो। 

वीर अस्पतालको लिफ्ट चुँडियो : दुई मजदुरको मृत्यु, एक घाइते

वीर अस्पतालको नवनिर्मित भवनमा रहेको लिफ्ट चुँडिदा सोही ठाउँ काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। ज्यान गुमाउनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरी रहेको प्रहरीले जनाएको छ। त्यसैगरी सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन्। 

बेलायतका राज्यमन्त्री र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार बिहान भेटवार्ता गरेका छन्।

अझै खुलेन उपत्‍यकाको मौसम, फेरि वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

वीरगंज नाकाबाट चारपाङ्ग्रे हलुका सवारीको आयातमा गिरावट

विलासिताको साधन मानिएको चारपाङ्ग्रे हलुका सवारीको आयातमा भन्सार महशुल वृद्धिसँगै बैंक ऋण लगानीमा कडाई गरिएपछि वीरगंज भन्सार नाकाबाट यसको आयातमा गिरावट आएको छ। 

सांसद ओलीको निधनप्रति मुख्यमन्त्रीको समवेदना

प्रदेश नं ५ का सदस्य उत्तरकुमार ओलीको निधनप्रति मुख्य मन्त्री शंकर पोखरेलले दुखः व्यक्त गरेका छन्। मुख्यमन्त्री पोखरेलले शोक विज्ञप्ति प्रकाशित गर्दै दाङ जिल्ला क्षेत्र नम्बर ३ ख का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको असामयिक निधनले स्तब्ध गराएको उल्लेख गरेका छन्।

सरसफाइमन्त्री बन्न चाहन्छिन् दीपिका पादुकोण

दीपिका पादुकोण अचेल निकै खुसी छिन्। २० फेब्रुवरीमा लोकमत महाराष्ट्रियन अफ द इयर २०१९ को आयोजना भएको थियो। यस अवार्डमा दीपिकाको पनि उपस्थिति थियो। अवार्ड समारोहका तस्बिर यति बेला सामाजिक सञ्जालमा छाएको छ।

डेब्यु खेलमै सन्दीपको तीन विकेट

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल)को डेब्यु खेलमा सानदार सुरुवात गरेका छन् । लाहोर क्वान्दर्सबाट डेब्यू गरेका उनले मुल्तान सुल्तानविरुद्ध डेब्यू गर्दै तीन विकेट लिएर प्रतियोगितामा सानदार सुरुवात गरेका छन् । 

डिपिएल : फाइनल खेलमा कस्को पल्ला भारी ?

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया भिड्ने भएका छन् । शुक्रबार हुने भनिएको महेन्द्रनगर र काठमाडौं गोल्डेन्स बिचको खेल रद्ध भएपछि महेन्द्रनगर सिधै फाइनमा प्रवेश गरेको छ। 

बच्चाका लागि ब्युटी प्रोडक्ट 

कोरियाको कस्मेटिक कम्पनीले चारदेखि पाँच वर्षको बच्चाहरुलाई निशाना बनाउँदै ब्युटी प्रोडक्ट र स्पा सुरु गरेको छ। स्पामा फुट बाथ, मसाज, फेस मास्क, मेकअप र मेनीकेयर सेवा उपलव्ध गराइन्छ। कम्पनीका अनुसार १७०० देखि २५०० रुपैयाँमा सबै गर्न सकिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।