शनिबार, साउन १६, २०८३

डेब्यु खेलमै सन्दीपको तीन विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल)को डेब्यु खेलमा सानदार सुरुवात गरेका छन् । लाहोर कलन्दर्सबाट डेब्यू गरेका उनले मुल्तान सुल्तानविरुद्ध डेब्यू गर्दै तीन विकेट लिएर प्रतियोगितामा सानदार सुरुवात गरेका छन् । 

४ ओभर बलिङ गरेका उनले ४६ रन खर्चेर ३ विकेट लिएका छन् । ९ औं ओभरमा बलिङ गर्न आएका सन्दीपलाई जेम्स भिन्सले २ छक्का र १ चौका प्रहार गर्दा १७ रन खर्चिन पुगे ।

त्यसपछि टोलीको १२ औं ओभर लिएर आएका उनले ८४ रनमा खेली रहेका जेम्स भिन्सलाई क्याच आउट गरे । सन्दीपले डेब्यू पहिलो विकेट मात्र होइन पहिलो विकेटको लागि १ सय ३५ रनको साझेदारी पनि तोडे । सन्दीपले १२ औं ओभरमा १ विकेट सहित ७ रन खर्चे ।

१४ औं ओभरको अन्तिम बलमा सन्दीपले सोएव मालिकलाई १० रनमा क्याच आउट गराउँदै दोस्रो विकेट लिए । १६ ओभरको पहिलो बलमा छक्का हानेका आन्द्रे रसेललाई सन्दीपले तेस्रो बलमा आफै क्याच लिदै ७ रनमा पेभिलिएन फर्काए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।