काठमाडौं – समायोजन प्रक्रियामा असहमति जनाउँदै सरकारी चिकित्सकहरू देशभरका अस्पतालमा सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। सरकारले अपमानित तरिकाले समायोजन गर्न खोजेको भन्दै शुक्रबार चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका हुन्।
आन्दोलन रत्त चिकित्सकहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन्। काठमाडौं उपत्यकाका चिकित्सकहरुले शुक्रबार बिहान १० बजे वीर अस्पतालबाट र्याली निकालेर माइतीघर मण्डलामा कोणसभा गरेका थिए।
प्रदर्शका क्रममा चिकित्सकहरुले ‘यतितल नझर, सौतेनी ब्यवहार नगर’, ‘दरबन्दी बढाउ, एक्लो डाक्टरले कसरी अस्पताल चल्छ’,‘चिकित्सकको मनोवल नगिराउ, समग्र स्वास्थ्य क्षेत्रलाई बचाउ’ लगाएतका नारा लगाएका थिए। चिकित्सकहरुले सरकारले आफ्नो कदम नसच्याएसम्म आफुहरुको आन्दोलन नरोकिने जनाएको छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...