शनिबार, साउन १६, २०८३

कार्यदल भंगसँगै नेकपाको सांगठनिक एकीकरण अन्योलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकीकरणका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग भएको छ।

प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो। बैठकले अब बाँकी जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यसअघि विहीबारको बैठकमा कार्यदलले सुझाव प्रस्तुत गर्न एक साताको समय मागेको थियो। तर सचिवालयले म्याद थप्नुको सट्टा कार्यदल नै भंग गरेपछि पार्टीको सांगठनिक एकीकरण प्रक्रिया थप अन्योलमा परेको छ।

गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले पार्टी एकताको बाँकी काम सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो।

कार्यदलले तीन महिनामा सबै तहको सांगठनिक एकता टुंगो लगाउने घोषणा गरे पनि लामो समयसम्म एकीकरण हुन नसकेपछि नेतृत्वमाथि चाँडो टुंगो लगाउन दबाब परिरहेको थियो।

रामबहादुर थापा बादल नेतृत्वको कार्यदलमा विष्णु पौडेल, वर्षमान पुन, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल, रघुवीर महासेठ र योगेश भट्टराईलगाएत थिए।

कार्यदलमै विवाद भएपछि गत सोमबार बसेको सचिवालय बैठक कुनै निर्णयमा पुग्न सकेको थिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।