शनिबार, साउन १६, २०८३

वायुसेवा निगमले माग्यो १७४ कर्मचारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल वायुसेवा निगमले सिनियर पाइलटसहित विभिन्न तहका १७४ जनशक्तिको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगको स्वीकृतिमा निगमले शुक्रबार पदपूर्तिको सूचना प्रकाशित गरेको हो।

निगमले सिनियर क्याप्टेन १३ जना, जुनियर क्याप्टेन १५ जना, जुनियर को–पाइलट १३ जना माग गरेको छ।

यस्तै, प्रशासनतर्फ १० जना अधिकृत माग गरेको निगमले प्रशासनकै वरिष्ठ सहायक तह ५ मा ३४ जना माग गरेको छ। सहायक चौथो तहमा १८ जना कर्मचारी माग गरेको निगमले वायुयान मर्मत–सम्भारका लागि १४ जना टेक्निसियन कर्मचारीका लागि दर्खास्त माग गरेको छ। 

फागुन ३० गतेसम्म दरखास्त दिन सकिने समय तोकिएको छ। डबल दस्तुरमा चैत ७ गतेसम्म आवेदन दिन सकिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।