काठमाडौं- अस्ट्रेलियामा अलपत्र भएका विद्यार्थीहरुलाई नेपालका कन्सल्टेन्सीहरुले मिडियामा आएर बद्नाम गर्न खोजेको भन्दै धम्की दिएका छन् । बद्नाम गर्ने उद्देश्यले मिडियाबाजी गरेको भन्दै कन्सल्टेन्सीहरुले फोनमार्फत धम्की दिएको विद्यार्थीहरुले बताएका छन् ।
एआइबिटी कजेलको दर्ता खारेज भएसँगै आफूहरूको पैसा, पढाइ र करियरमा सस्यामा भएको भन्ने विद्यार्थीलाई कन्सल्टेन्सीले धम्कीदिएको एक विद्यार्थीले बताएकी हुन् । अलपत्र विद्यार्थीहरूको समस्याका बारेमा सिड्नीमा भएको एक कार्यक्रममा त्यी विद्यार्थीले एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस कन्सल्टेन्सीले धम्की दिएको बताएकी हुन् ।
सिड्नीमा नेपाली र अस्ट्रेलियनहरुको भेलामा बोल्दै उनले भनिन, ‘घरमा फोन गरेर तपाइको छोरीले यस्तो गर्यो तपाईको छोरीलाई यस्तो गर्दिन्छु उस्तो गर्दिन्छु भन्नु भयो’, एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसको नामै किटेर उनले भनिन्, ‘मलाई यस्तो थ्रेट आउँदा मलाई भन्दा मेरो बाबा आमालाई समस्या हुन्छ । मेरो कारणले मेरो बाबा आमालाई केही नहोस ।’
आफू र परिवारलाई थ्रेट आएको भन्दै उनले सुरक्षाको माग पनि गरेकी छिन ।
याे पनि,
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४