शनिबार, साउन १६, २०८३

दुर्घटनामा घाइते भएका सांसद वलीको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सवारी दुर्घटनामा परी गम्भी घाइते भएका प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ।

ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारत वलीको शुक्रबार बिहान निधन भएको हो। गत माघ २४ गते दाङमा भएको सवारी दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।

श्रद्धाञ्जलीका लागि सांसद वलीको शव बिहान ९ देखि १० बजेसम्म नेकपा केन्द्रीय कार्यालय (धुम्बाराही) मा राखिने र त्यसपछि उनको गृहजिल्ला दाङ लगिने बताइएको छ।  

वली गत वर्ष सम्पन्न प्रदेशसभा चुनावमा तत्कालीन एमालेबाट उम्मेदवार भई दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित प्रदेश सदस्य हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।