शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पिएसएलमा पहिलो खेल खेल्दै सन्दीप, कस्तो रहला प्रदर्शन?

पिएसएलमा पहिलो खेल खेल्दै सन्दीप, कस्तो रहला प्रदर्शन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य लेग बे्रक स्पिनर सन्दीप लामिछाने यतिबेला युएईमा छन् । उनी पाकिस्तान सुपर लिग (पिएसएल) टी-२० क्रिकेका लागि यतिबेला दुबैमा रहेका हुन् । पिएसएलमा सन्दीपले लाहोर क्वालान्दर्सबाट खेल्नेछन् । 

तीन खेल खेली सकेको लाहोरमा सन्दीपका लागि भने आज डेब्यु खेल रहने छ । सन्दीपले आज मुल्तान सुल्तानविरुद्धको खेलबाट डेब्यु गर्ने छन् । खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुने छ । उनको टिमले अहिलेसम्म एकमा जित र २ खेलमा हार ब्यहोर्दै अंक तालिकाको पुछारमा छ ।

अष्ट्रेलियामा सम्पन्न बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा खेलाडी सन्दीपको पिएसएलमा प्रदर्शन कस्तो रहला त्यो भने कौतुहलताको बिषय रकेको छ । बिग ब्यासका कारण सन्दीपले पिएसएलका सुरूआती ३ खेल गुमाएका हुन् । 

बिग ब्यासमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले ८ खेल खेल्दै ११ विकेट लिए । बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट ६ खेलमा ४ विकेट लिए । गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्लीबाट खेल्न सुरू गरेका सन्दीपले विश्वका हरेक जसो ठूलो फ्रेन्चाईज लिगमा सहभागीता जनाइसकेका छन् ।

लाहोर क्वालान्दर्सले न्यूनतम् ५० हजार डलरमा सन्दीपलाई खरिद गरेको थियो । विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजारदेखि ७० हजार अमेरिकी डलरसम्म हुनेछ ।

चौथो संकरणको पिएसएल १७ फेब्रुअरी देखि १७ मार्चसम्म युएई र पाकिस्तानका विभिन्न शहरमा हुनेछ । यसको उद्घाटन खेल यूएईको दुबईमा भयो भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।