शनिबार, साउन १६, २०८३

काठमाडौँबाटै समातियो २१ किलो चरेस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई बिहीबार साँझ पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।