शनिबार, साउन १६, २०८३

‘कमाण्ड एण्ड स्टाफ कोर्ष’ पूरा गर्नेलाई प्रमाणपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा ‘कमाण्ड एण्ड स्टाफ कोर्स सम्पन्न गर्नेलाई प्रमाणपत्र प्रदान गरिएको छ। आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा आज आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले प्रमाणपत्र प्रदान गरे। 

विदेशीसहित कूल ६२ विद्यार्थी सहभागिता रहेको उक्त कोर्षमा नेपाली सेना ४९, नेपाल प्रहरी एक, सशस्त्र प्रहरी एक, राष्ट्रिय अनुसन्धान प्रहरी एक, बङ्गलादेश एक, चीन दुई, भारत एक, लेवनान एक, माल्दिभ्स एक, पाकिस्तान एक, श्रीलंका एक, बेलायत एक र अमेरिकन एक छन्।

कार्यक्रममा प्रधानसेनापति थापाले २५औँ शृङ्खला पार गर्ने सबैलाई धन्यवाद दिनुहुँदै आगामी दिनको सफलताको कामना गरे। “नेपाली सेनामा पहिलोपटक कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गर्ने महिला पाएकामा सङ्गठन खुशी छ”, उनले भने। 

प्रधानसेनापति थापाले कमाण्ड एण्ड स्टाफ कोर्षमा स्वदेशी तथा विदेशी रहेकाले सम्बन्ध विस्तारमा समेत थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। जीवनको महत्वपूर्ण कोर्ष पूरा गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिने सुरक्षा चुनौती समाधान गर्न सहज हुने उनको भनाइ थियो । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा खनियाँले विश्वको अरु विश्वविद्यालयको तुलनामा त्रिभुवन विश्वविद्यालय पुगेको बताउँदै त्रिविले विदेशी विद्यार्थीलाई समेत अध्ययन अध्यापन गराउँदै आएको बताए। “विश्वका अरु मुलुकको जस्तो शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालय दृढ छ”, उनले भने। 

कलेजका प्रमुख एवं सहायक रथी ईश्वर हमालले कलेज दक्ष जनशक्ति उत्पादनमा लागेको बताए। कलेजले हालसम्म ८१५ नेपाली सेना, नौ नेपाल प्रहरी, २० सशस्त्र प्रहरी, ६३ विदेशीलाई उक्त कोर्ष शिक्षा प्रदान गरिसकेको छ। पच्चीसौँ शृङ्खलाबाट नेपालका सुनील विष्ट र प्रतीकसिंह कार्की उत्कृष्ट विद्यार्थी घोषित भएका छन्। उनीहरुलाई नगद रु ५० हजारसहित सम्मानसमेत गरियो । 

कमाण्ड एण्ड स्टाफ कोर्ष गर्ने पहिलो महिला 

कलेज सञ्चालन भएको २५औँ शृङ्खलामा सेनानी सुलोचना पौडेल कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गर्ने पहिलो महिला भएकी छन्। यसअघि कुनै महिलाले पनि उक्त कोर्ष पूरा गरेकी थिइन्। नेपाली सेनामा विसं २०६१ मा सहायक पदमा भर्ना हुनुभएकी पौडेलले सेनाको उक्त प्रतिष्ठित कोर्ष पूरा गरेकी हुन्। 

कोर्ष सफलता गर्नुभएकी पौडेल पृथक अनुभव भएको बताउँदै पेशागत ज्ञानले आगामी दिनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्। “नेपाली सेनामा महिलाको सहभागिता विसं २०६१ देखि भएर पनि कोर्ष पूरा गर्ने पहिलो महिला म बन्न पुगेँ”, उनले भनिन्। सोही कार्यक्रममा उक्त कलेजद्वारा हरेक वर्ष प्रकाशन हुँदै आएको ‘द शिवपुरी’ जर्नलको विमोचनसमेत गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।