काठमाडौं- आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतका आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको हो । थाइल्याण्डले दिएको १ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५७ रनले पराजित भएको हो ।
१ सय २५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओरभ खेल्दै ८ विकेट गुमाएर मात्र ५७ रन बनायन सक्यो । नेपालका लागि इन्दु बर्माले सर्वार्धिक २९ रन जोडीन । उनले ४४ बल खेल्दै एक चौकाको मद्दतमा २९ रन जोडीन् ।
त्यस्तै कप्तान रुविना श्रेत्री बेलवासीले १८ जोडी । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । यसअघि टस हारेर पहिले ब्यटिङ गर्ने निर्णय गरेको थाइलयाण्डले निर्धारित २० ओर खेल्दै ७ विकेटको क्षतीमा १ सय २४ रन बनायो ।
थाइल्याण्डका लागि चनिदा सुथिरुङले सर्वाधिक ३५ रन जोडीन् । त्यस्तै नारुमोल चावइले ३२, वोङ्पाका लिङ्प्रासेर्टले अविजित २८, नत्तया बुचथमले १२ रन जोड्न बाहेक अन्य खेलाडीको दोहोरो अंक छुन सकेनन् ।
नेपालका लागि कबिता कुँवर र नेरी थापाले समान दुई दुई तथा रुबिना श्रेत्री बेलवाशी र करुना भण्डारीले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४