शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किन बारम्बार विवादमा फस्दैछ संवैधानिक परिषद्को सिफारिस ?

किन बारम्बार विवादमा फस्दैछ संवैधानिक परिषद्को सिफारिस ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

कसैले नेताहरुको गलामा धान्नै नसक्ने माला लगाइने गरेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले संवैधानिक परिषद्ले बारम्बार विवादित व्यक्तिहरुलाई सिफारिस गर्ने गरेको विषयलाई प्रमुख खबर बनाएका छन् । 

आजको कान्तिपुर दैनिकले संवैधानिक परिषद्का सिफारिस बारम्बार विवादित शीर्षकमा मुख्य समाचार छापेको छ । पछिल्लो पटक मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम मियाँ अन्सारीको नागरिकतामा दुईथरी जन्ममिति रहेको खुलासा भएपछि परिषद्को सिफारिस विवादित देखिएको हो ।

परिषद्ले यसअघि सिफारिस गरेका अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, पूर्वआयुक्त राजनारायण पाठक, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी पनि विवादमा फसेका थिए । परिषद्ले सिफारिस गर्ने गरेका व्यक्तिहरुमध्ये विवादमा परेका अधिकांशको उच्च नैतिक चरित्रमै प्रश्न उठ्ने गरेको समाचारमा उल्लेख छ । 

यस्तै कान्तिपुरले कांग्रेस सांसद् उमा रेग्मीले संसद्मै नियमावली च्यातेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा आफूलाई भूमिका नदिएको भन्दै समानुपातिक सांसद रेग्मीले संसदमै नियमावली च्यातेर विरोध जनाएकी हुन् । एउटै हाउसमा बस्ने सांसदबीच किन मान मर्दन गरिएको भन्दै उनले प्रश्न गरेकी थिइन । 

आजको नागरिक दैनिकले भने नेताको गला धान्नै नसक्ने माला शीर्षकमा मुख्य समाचार छापेको छ ।

नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगउने प्रचलन केहि वर्षयता संस्कृतिकै रुपमा विकासित हुँदै गएको छ । यसरी माला लगाउन पाउदा नेता, मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री, राष्ट्रपति मख्ख पर्ने गरेका छन् । हाम्रा नेताहरुमा आफूलाई राजाकै प्रतिनिधि ठान्ने भावना र जनतामा अहिले पनि रैतिको भावना भएकाले नै माला संस्कृति मौलाएको समाचारमा उल्लेख छ ।  

यसै विषयलाई नयाँ पत्रिका दैनिकले पनि मुख्य समाचार बनाएको छ ।

उसले लेखेको छ- १२१ किलोको माला लगाएर कोइरालाहरुले भने हामी एक छौँ । १५१ किलोको माला लगाएर सभापति देउवाले भने कांग्रेस कोइरालाका छोरा नातीको होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि डोटी पुगेर ५१ किलोको माला पहिरिएर भने– यो इतिहासकै उत्कृष्ट सरकार । माला लगाएरपछि नेताहरुले जोसिएर भाषण गर्ने गरेका छन् । 

यस्तै नयाँ पत्रिकाले अस्ट्रेलिया नेपाली विद्यार्थीको बिचल्ली भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । 

अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय विद्यार्थीलाई भर्ना गरिएको थियो । ती विद्यार्थीहरुको अहिले बिचल्ली भएको छ । नेपाली दूतावासका अनुसार विभिन्न तह र विषय अध्ययन गर्न ३५ हजार नेपाली अस्ट्रेलिया पुगेका छन् ।तर,  धेरैजसो विद्यार्थीहरु ठगिने गरेको समाचारमा उल्लेख छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले भने डलर सञ्चिति घटेको र अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकमाथि अकूत सम्पति आर्जन गरेकोमा पनि छानबिन थालिएको विषयलाई मुख्य समाचार बनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।