शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन ८ गते बुधबार कहाँ के-के भयो ? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

मलेसियामा दु:ख भुलेर एकछिन रमाइलो 

मलेसियाको क्वालालम्पुर जिकैको एउटा सहर, कोत्राया। श्रम गर्न मलेसिया पुगेका नेपालीहरूको जमघट भइरहने ठाउँ हो, कोत्राया। दिनभरी थाकेका नेपालीहरु एकैछिन भएपनि आराम गर्न यस स्थानमा जम्मा हुन्छन्।

प्रहरी ऐनमा टिपेक्स : कनिष्ठलाई आइजिपी बनाउने चलखेल सुरू

संघीय संरचनाअनुकूल बनाउन प्रस्तावित नेपाल प्रहरी ऐनको मस्यौदामा टिपेक्स लगाएर कनिष्ठलाई आइजिपी बनाउन चलखेल सुरु भएको छ। कानुन मन्त्रालयमा विचाराधीन संघीय प्रहरी ऐनको मस्यौदामा तीसवर्षे सेवा अवधि र पदावधिसम्बन्धी प्रावधानमा टिपेक्स लगाएर चलखेल सुरु गरिएको खुलासा भएको छ।

वाइड बडीमा घोटाला मिसन : यस्तो छ १० वर्ष लामो डिजाइन

नेपाल वायुसेवा निगमका बहालवाला कार्यकारी प्रमुख कुलबहादुर लिम्बूलाई हटाई सुगतरत्न कंसाकारलाई नियुक्त गरेपछि २०६५ कात्तिकमा  सुरु भएको थियो, वाइड बडी मिसन। एक दशकसम्मको निरन्तर प्रयासपछि त्यो अभियान २०७५ कात्तिकमा दुईवटा एअर बस २००(३३० वाइड बडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन सफल भयो। 

दिल्ली-काठमाडौं पर्यटक बसमा अवैध धन्दा

दिल्ली काठमाडौंमा सञ्चालित पर्यटक बसबाट अवैध रुपमा भित्राइएको सामान काठमाडौंबाट प्रहरीले बरामद गरेको छ। काठमाडौं-दिल्ली चल्ने ना ४ ख ९७५३ नम्बरको पर्यटक बसबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको सामान प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट बुधबार राति बरामद गरेको हो।

'भारतसँगको सम्बन्ध बिगार्न चलखेल भयो'

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध बिगार्नका लागि चलखेल भएको बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले अरुण तेस्रो माथि तोडफोड गर्ने, बम पड्काउने लगायतका काम गरेर नेपाल–भारतसँगको सम्बन्ध बिगार्न खोजेको बताएका हुन्। 

अब कोरिया जान सीप परीक्षा पास गर्नैपर्ने

कोरिया सरकारले यस वर्षदेखि दक्षिण कोरिया कामदार लैजानका लागि सीप परीक्षा 'स्किल टेस्ट' समेत समावेश गर्ने तयारी गरिरहेको छ। सन् २०१९ देखि नेपाललगायत १६ वटै कोरियाले कामदार लैजाने देशमा एकैपटक 'पोइन्ट सिस्टम' लागू गर्ने तयारी गरिरहेको श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको हो।

कांग्रेसले सरकारलाई भन्यो, 'अस्ट्रेलियामा बिचल्ली विद्यार्थी उद्धार गर'

नेपाली कांग्रेसले अस्ट्रेलियामा अध्ययन गई बिचल्लमीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ। ‘स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पुर्‍याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा विद्यार्थी समेतले मार्मिक चोट भोग्नुपरेको खबरले हामी मर्माहत भएका छौं’, प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् ।

२३ हजार कर्मचारी समायोजन

सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ। समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए। 

एकता प्रकृया एक हप्तामै टुंगिन्छ: नेकपा

नेकपाका शिर्ष नेताहरुले तल्लो तहसम्म पार्टीको एकता एक हप्ता भित्रै टुङगिने जनाएका छन्। बुधबार धनगढीमा आयोजित प्रदेश स्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेताहरुले एकता प्रकृयामा केही विलम्ब भएको स्वीकार्दै एक साताभित्र सबै तहमा एकता प्रकृया टुंगिने आश्वासन दिएका हुन्।

मन्त्रीसँगको विवादपछि एकैपटक सात सचिवको सरुवा

सरकारले एकैपटक सातजना सचिवको सरुवा गरेको छ। खानेपानीमन्त्री विना मगरसँग विवाद परेपछि सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालय ल्याइएको छ।

ग्यास बिक्री वितरण ठप्प पार्ने व्यवसायीको चेतावनी

एलपी ग्यास उद्योगीहरुले आन्दोलनको चेतावनी दिएका छन्। उनीहरुले विभिन्न दश बुँदे माग राख्दै सम्बोधन नभए एलपी ग्यास बिक्री वितरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका हुन्। 

अत्तरिया फाइनलमा, काठमाडौं ४१ रनले पराजित

दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया प्रतियोगितको फाइनल प्रवेश गरेको हो।

लिभरपुल र बार्यन बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले बुन्डेसलिगा क्लब बायर्न म्युनिखसँग बराबरी खेलेको छ । मंगलबार राती लिभरपुलको घरेलु मैदानमा भएको यूईएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उहाँले राजीनामा दिनुभएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ।

बंगलादेशका २० हजार 'पोर्न साइट' मा प्रतिबन्‍ध

बंगलादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ। अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।