शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीको स्वास्थ्य शिविरमा प्रधानसेनापतिको निरीक्षण

सप्तरीको स्वास्थ्य शिविरमा प्रधानसेनापतिको निरीक्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बुधबार सप्तरीको सदरमुकाम राजविराजमा संचालन भईरहेको बृहत निस्शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविरको अवलोकन गर्नुका साथै खोटाङस्थित शेर गणको समेत निरीक्षण भ्रमण गरेका छन्। 

सोही क्रममा प्रधानसेनापति थापाले उक्त मेडिकल शिविरको स्वास्थ्य उपचार सम्बन्धी गतिविधिहरुको जानकारी लिएर  श्री शेर गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे समेत जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरी बुधबार काठमाण्डौ फिर्ता भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा नेपाली सेनाले संचालन गरेको उक्त मेडिकल शिविर मिति फागनु १ गते उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वारा समुद्धाटन भएको थियो। 

हालसम्म उक्त मेडिकल शिविरबाट २१६ जना सल्यक्रियाका बिरामीहरु सहित बीस हजार नौ सय ५५ जनाले स्वास्थ्य उपचारको सुविधा लिएका छन् र उक्त शिविर मिति फाल्गुन ११ गतेसम्म संचालनमा रहने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।