काठमाडौं- ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एंव अध्ययन केन्द्र स्थापना गर्ने भएको छ।
२०७६ साल वैशाख ३० देखि एक वर्षसम्म मनाउने कार्यक्रम सार्वजनिक गर्न महानगरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। जोशी २०७६ साल वैशाख ३० गते ९९ वर्ष पुरा भई १ सय वर्षमा प्रवेश गर्दैछन्। उक्त अध्ययन केन्द्र स्थापनाले जोशीको बारेमा अध्ययन गर्ने चाहनेलाई सहगोग पुग्ने बताउँदै उनको सिर्जनाको संरक्षणमा सहयोग पुग्ने महानगरका मेयर चिरीबाबु महर्जनले बताए।
पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार महानगरभित्रका उपयुक्त स्थानमा प्रतिमा सहितको जोशीको नाममा पार्क निर्माण गरिनेछ। महानगरपालिकाभित्रको उपयुक्त बाटोलाई जोशीको नाममा नामाकरण गरिनेछ।
जोशीलाई गोसाईकुण्ड (सिलु) दर्शनको लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको कार्यसम्पादन समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष गोपाल महर्जनले बताए। यसैगरी वाडमय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यत्तित्वत्वलाई वाडमय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्ने बताइएको छ।
यसैगरी सत्यमोहन जोशी भाषा र तस्वीर अंकित हुलाक टिकट प्रकाशन र स्वर्णमुद्रा स्वर्णमुद्रा निस्काष्सन गर्ने निर्णय भएको सम्मेलनमा जानकारी दिइयो ।
ललितपुर महानगरपालिकास्थित पिम्बहाल पोहरीमा मल्लकाली संगीत सांगितिक साँझ कार्यक्रम आयोजना गर्ने जानकारी दिइयो । यसैगरी सत्य मोहन जोशीको बारेमा विशेष स्मारिका प्रकाशन र उहाँको दिनचर्या समेटेर श्रव्यदृश्य सामग्री तयार पारिने छ।
पाटन संडग्रालयभित्र रहेको भण्डारखाल बगैचालाई सुन्दर एवं व्यवस्थित बनाउन जोशीबाट उद्घाटन गरी शिलायन्यास गर्ने योजना रहेको बताइएको छ। यसैगरी जन्म शताब्दी महोत्सवको पहिलो दिन २०७६ वैशाल ३० गते जोशीलाई नगरपरिक्रमा गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
मेयर महर्जनले राष्ट्रका लागि योगदान गर्ने व्यक्ति सम्मान गर्न यो एक वर्षभरि नै कार्यक्रम मनाउने निर्णय गरेको बताए। उनले भने, ‘ज्युँदोमा नै सम्मान गर्नु पर्छ भनेर यसको थालनी गरेको हुँ।’ ज्युँदो छँदा वास्ता नगर्ने मृत्युपछि सम्मान गर्ने परम्परालाई टोड्न शतवार्षिकी कार्यक्रम मनाउने निर्णय बताए।
महानरले यस अघि नै जोशीको दिनचर्या र जीवनयापनलाई सहज बनाउन सवारीधान , ड्राइभर , गार्ड, मोवाइल फोन लगायत प्रदान गरेको छ।
जोशीको सतवार्षिकी कार्यक्रम मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिको बैठकले एक वर्षभरि मनाउने कार्यक्रम छलफल गरि निर्णय गरेको थियो।
उक्त मूल समितिको माघ २५ गते बसेको पहिलो बैठकले कार्यपालिका सदस्य वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनको संयोकत्वमा १५ सदस्य वाडमय शताब्दी पुरुष सत्यमोहन जोशी जन्म शताब्दी महोत्सव कार्य सम्पादन समिति बनाइएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४