शनिबार, साउन १६, २०८३

दिल्ली-काठमाडौं पर्यटक बसमा अवैध धन्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दिल्ली काठमाडौंमा सञ्चालित पर्यटक बसबाट अवैध रुपमा भित्राइएको सामान काठमाडौंबाट प्रहरीले बरामद गरेको छ। काठमाडौं-दिल्ली चल्ने ना ४ ख ९७५३ नम्बरको पर्यटक बसबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको सामान प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट बुधबार राति बरामद गरेको हो।

महानगरीय अपराध महाशाखाले गोप्य सूचनाको आधारमा  बरामद गरेको समानको मुल्य ७० लाख भन्दा माथीको रहेको छ। महाशाखाले बसका चालक र उक्त समानको मालिकलाई भने पक्राउ गर्न सकेको छैन।

 भन्सार छलेर नेपाल भित्र्याईएको १५० था लेडिज सल , ४४० थान लेडिज सुरुवाल,११४५ थान टिर्सट,४५ थान हाफ पाइन्ट, २१० थान लेडिज पाइन्ट, १३५ थान सर्ट, केरप्रोस्ट आई ड्रप्स ६ हजार थान, बेस्ट्रिम आयल १० हजार थान बरामद गरिएको छ।

महाशाखाको विशेष टोलीले मोबाइलको चार्जमा लाग्ने इलेक्ट्रिक डिभाइस १६ सय थान रहेका १० प्योकट, मोटर साइकलको इन्जिनमा प्रयोग हुने, भेलपिन ५२२ थान, यनिकम ५२४ थान, साइन मोटरसाइकलको इन्जिन पार्टस ५५० थान एफ जेटको ५०० थान, पल्सरको एक हजार थान बरामद गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।