धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध बिगार्नका लागि चलखेल भएको बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले अरुण तेस्रो माथि तोडफोड गर्ने, बम पड्काउने लगायतका काम गरेर नेपाल–भारतसँगको सम्बन्ध बिगार्न खोजेको बताएका हुन् ।
राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउँने खालका कामहरु भैरहेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई आतंकित पार्ने, अन्तर्राष्ट्रिय दुनियाँमा नेपालको बद्नाम गर्नेकार्यहरु सरकारको लागि स्वीकार्य नहुने बताए । उनले विप्लव नेतृत्वको पार्टीको गतिविधिप्रति संकेत गर्दे मुलुकलाई अशान्त बनाउन खोज्ने र छिमेकीसँगको सम्बन्ध बिगार्न खोज्नेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने धम्की दिए ।
प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ संविधानले शक्तिको विकेन्द्रिकरण मात्र नभएर शक्ति हस्तान्तरण भएको पनि उल्लेख गरे । अहिलेसम्मका हरेक आन्दोलनको मुख्य उपलब्धि नै स्थानीयस्तरसम्म शक्ति हस्तान्तरण भएको बताए ।
सुदूरपश्चिम प्रदेशको विकासका लागि संघिय सरकारले ठुला योजनाहरु निमार्ण गर्न तर्फ लागेको भन्दै उनले यो प्रदेशका जनताहरुका भावना र चनाहरुलाई मध्यनजर गदै सरकारले प्रदेश सरकार संघ समन्वय गरी अघि बढ्ने बताए।
सरकारले लोकतन्त्रको संरक्षण गर्न नेपालमा शान्ति सु व्यवस्था स्थापना गर्न सरकार लागि परेको प्रदेश सभामा जानकारी गराए। प्रधानमन्त्री ओलीले जनताले अहिले हामीलाई दुई तिहाई बहुमत दिएका छन्, पाँच वर्ष भित्र जनताको मान्डेड पुरा गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४