काठमाडौं-जिल्ला भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन कालिका गाउँपालिका २ स्थित भूमिघर कालिकास्थानमा सम्पन्न भएको छ।
०६२ सालमा गठन भएको मञ्चको तेस्रो कार्याकाल पूरा गरी चौथो कार्यकालको लागि सम्मेलनले नया नेतृत्व चयान गरेको हो। संस्थापक मध्येका एक हेमनाथ खतिवडाको अध्यक्षतामा सम्मेलनले १५ सदस्यीय रहेको नयाँ कार्य समिति चयन गरेको छ।
खतिवडा यस अघि तदर्थ समितिका सदस्य, सहसचिव, सचिव हुँदै अध्यक्षमा चयन भएका हुन्। नयाँ समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः टंकलबहादुर नगरकोटी, सुष्मा न्यौपाने, भूवनेश्वरी लामिछाने र गोपिनी परिवार चयन भएका छन्।
सदस्यहरूमा पुतली तामाङ, शान्ताकुमारी गलान, खिलप्रसाद आचार्य, खडकमाया न्यौपाने, मुरली नेपाली, कार्साङतेम्पा तामाङ, रमा भट्ट, श्याममाया घलेनी र मोहनप्रसाद ढकाल चयन भएको मञ्चले जानकारी दिएको छ।
सम्मेलनको उद्घाटन राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका केन्द्रीय महासचिव सरस्वती सुव्वाले गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४