धनगढी- बझाङमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ७ का २१ वर्षीय प्रेम हमाल र जयपृथ्वी नगरपालिका १० का २२ वर्षीय पवन छत्याल रहेका छन् ।
सोही मोटरसाइकलमा सवार आकाश सिंह सामान्य घाइते भएको बझाङका डीएसपी प्रविण धितालले बताए । मंगलबार राति १० बजे जयपृथ्वी नगरपालिका ७ तमैलबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से६प ६४६६ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना परेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङकाअनुसार रातिको समयमा मदिरा सेवन गरेर मोटरसाइकल चलाएको र क्षमताभन्दा बढी सवार भएको कारण घटना भएको हुन पुगेको हो ।
जयपृथ्वी नगरपालिका वडा नं। ७ तमैल नजिकै रहेको माल्लालाग्ने भीरमा मोटरसाइकल दुर्घटना भएको हो । सडकबाट करिब १ सय ५० मिटर तल सेती नदीमा शव भेटिएको थियो भने मोटरसाइकल भने ५० मिटर तल बीचमा अड्किएको पाइएको छ ।
घाइते आकाश सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४