शनिबार, साउन १६, २०८३

आजका अखबार : गाडीमा संसद् सचिवालयको लुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले पूर्वआयुक्त राजनारायण पाठकमाथि अख्तियारले अनुसन्धान सुरु गरेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले गाडी खरिदमा संसद् सचिवालयले लुट मच्चाउने गरेको विषयलाई प्राथमिकतामा पारेका छन् । 

पूर्वआयुक्त पाठकमाथि छानविन सुरु भएको विषयलाई एङ्कर न्यूज बनाएको आजको नागरिक दैनिकले संसद् सचिवालयको लुटः सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट शीर्षकमा मुख्य समाचार छापेको छ ।

संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको समाचारमा उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो।

नागरिकले लेखेको छ सद्दे गाडी बिग्रिएको भन्दै थन्क्याएर राखेको संसद् सचिवालय तीन करोडमा पाँचवटा नयाँ गाडी खरिद गर्ने प्रक्रियामा छ । सचिवालयले पाँच गाडी खरिद गर्न बुधबार ३० दिने बोलपत्र आह्वान गर्ने सवारी शाखाका उपसचिव डिल्लीराम रिज्यालले जानकारी दिए। डेढ वर्षअघि अर्थ मन्त्रालयले सात करोड २२ लाख रुपैयाँ निकासा दिएपछि संसद् सचिवालयले १२ वटा स्कार्पियोसहित १८ वटा गाडी किनेको थियो। 

नागरिकले न्यायाधीश दीपकराज जोशीको राजीनामा, मुस्लिम आयोगका लागि सिफारिस समिम अन्सारीको योग्यताको विषयमा प्रश्न उठेको र एनओसी लेटर लिने बढेको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिएको  छ। 

आजको नयाँ पत्रिकाले भने रुख काट्ने की नकाट्ने भन्ने विवादका ठूला आयोजनाहरु अड्किएको विषयलाई मुख्य समाचार बनाएको छ । उसले वनमा विवाद, विकासमा बाधा शीर्षकमा खबर लेखेको छ ।

सिंहदरबारको एउटै पर्खालभित्र रहेका मन्त्रालयहरुबीच समन्व्य नहुँदा राष्ट्रिय गौरवको आयोजनामा समेत अवरोध देखिएको छ । फास्ट ट्रयाक, निजगढ विामानस्थल, पूर्वपश्चिम विधुतिय रेलमार्ग, हुलाकी राजमार्गलगायतका ठूला आयोजना रुख काट्ने की नकाट्ने भन्ने विवादकै भूमरीमा रुमलिएको समाचारमा उल्लेख छ । 

आजको कान्तिपुर दैनिकले भने अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकमाथि अख्तियारले अनुसन्धान सुरु गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेर मंगलबारबाटै अख्तिारले छानविन थालेको समाचारमा उल्लेख छ । पाठकले ७८ लाख रुपैयाँ घूस लिएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि गएको शुक्रबार उनले पदबाट राजीनामा दिएका थिए । 

यस्तै कान्तिपुरले सरकारले सञ्चालन गरेका ९ सय ६ ठेक्कामध्ये ६ सय २३ वटा लाथालिंग अवस्थामा रहेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । सरकारको कमजोर व्यवस्थापन र ठेकेदारको लापरबाहीका आधार आधा भन्दा ज्यादा सरकारी आयोजनाहरु अलपत्र परेको समाचारमा उल्लेख छ । 

आजको अन्नपूर्ण पोस्ट्ले भने ठूला दल सुस्त देखिएको र साना दलहरुले सक्रियता बढाएको विषयलाई मुख्य समाचार बनाएको छ । उसले अख्तियारले पूर्वआयुक्त राजनारायण पाठकसँग बयान लिन सुरु गरेको विषलाई पनि महत्वका साथ छापेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।