शनिबार, साउन १६, २०८३

स्कुलबाटै शिक्षिका सम्पर्क बिहिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

प्रतिनिधि तस्बिर 
 
धनगढी- कैलालीको लम्की चुहा नगरपालिका-१ मा रहेको आदर्श नमुना माध्यमिक विद्यालयकी शिक्षिका प्रतिभा आर्चाय सम्पर्क विहिन भएकी छन्।

सोमबार दिउँसोदेखि शिक्षिका आचार्य सम्पर्कबिहिन भएको इलाका प्रहरी कार्यलय लम्कीले पुष्टि गरेको छ। आफुले प्रयोग गर्ने मोबाइल र झोला विद्यालयमै छोडेर उनी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। शिक्षिकाका आफन्तहरुले तत्काल खोेजीको माग गर्दे मंगलबार लम्कीमा नाराबाजीसमेत गरेका छन्। 

आचार्यको खोजीका लागि सबै ठाउँमा सूचना गरिसकिएको र घटनाको बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र जोशीले जानकारी दिए। 

करिब छ महिना पहिले मावि तहमा अध्यापनका लागि करारमा नियुक्त गरिएकी आचार्यलाई सोमबार विद्यालयले करार सम्झौता सकिएको भन्दै अवकाश दिएको खबर सुनिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।