शनिबार, साउन १६, २०८३

समाजसेवी ओझा सम्मानित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कञ्‍चनपुर- नेपाली कांग्रेसका महासमिति सदस्य एवंम समाजसेवी हेमराज ओझालाई श्री कृष्ण उच्च माध्यमिक विद्यालयले मंगलबार एक समारोहकाबीच सम्मान गरेको छ। 

जिल्लाकै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको विद्यालयले ५८ औं वार्षिकोत्सव अवसरमा ओझालाई समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो। ओझाले शैक्षिक क्षेत्रमा गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृतीमा सहयोग गर्नुका साथै समाजसेवाका अन्य क्षेत्रमासमेत योगदान पुर्‍याएका छन्। 

ओझाले गत वर्षमात्रै स्वर्गीय दाजु निर्मलकुमार ओझाको स्मृतीमा उक्त विद्यालयको प्राङगणमा करिब पाँच लाखको लागतमा सरस्वतीको मन्दिर निर्माण गरेका थिए।

समारोहमा बोल्दै ओझाले सम्मानले आफूलाई समाजसेवाका क्षेत्रमा लाग्‍न थप जिम्मेवार बोध गराएको बताए। उनले भने, 'म यही क्षेत्रको बासिन्दा भएपनि यस विद्यालयमा पढ्‍न नपाएकोमा अभाव खड्‍कीएको छ। यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको यस विद्यालयसँग पछिल्ला दिनमा जोडिएर केही गर्न पाएकोमा खुशी लागेको छ। आगामी दिनमा पनि मेरो सहयोग रहिरहने छ।' 

विद्यालयले उत्‍कृष्ट शिक्षा प्रदान गरिरहेको भन्दै प्रशंसा गरेका नेता ओझाले विद्यालयले विद्यार्थीको सर्वाङगीण विकासमा थप ध्यान दिनुपर्ने बताएका थिए।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य देवराज पाठकले विद्यालयले यस क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।