शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ​​​​​​​युवा लक्षित सीप विकास तालिम केन्द्र सैनामैनामा

​​​​​​​युवा लक्षित सीप विकास तालिम केन्द्र सैनामैनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- बेरोजगार जनशक्तिलाई दक्ष जनशक्तिमा रुपान्तरण गर्दै स्ववालम्बी गराउने उद्देश्यले संघीय सरकारले देशका विभिन्न स्थानमा सीप विकास केन्द्र स्थापना गर्ने भएको छ। नारायणी पश्चिमदेखि धनगढीसम्मका हजारौं युवालाई लक्षित गरी उक्त केन्द्र रुपन्देहीको सैनामैनामा राख्न थालिएको हो।

सीप विकास केन्द्रको लागि आवश्यक जग्गाको समेत व्यवस्थापन भईसकेको छ। मंगलबार श्रम तथा रोजगार मन्त्री गोकर्ण विस्टले केन्द्र स्थापना क्षेत्रको निरीक्षण गरेका छन्। देशभरका विभिन्न तिनवटा स्थानमा केन्द्रीय स्तरको सिप प्रशिक्षण केन्द्रको रुपमा विकास हुने सिपविकास प्रतिष्ठान मध्ये एक केन्द्र सैनामैना नगरपालिका वडानम्बर-७ लम्टैयामा बन्ने भएको हो।

सैनामैना नगरपालिकाले केन्द्रको लागी आवश्यक ४० विघा जग्गा उपलब्ध गराउने नगरका प्रमुख चित्र बहादुर कार्कीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।