काठमाडौं- भारतीय चर्चित गायक सोनु निगमको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको छ।
अस्पताल स्रोतका अनुसार गायक निगम अस्पताल भर्ना भएको तर उनको उपचार संलग्न चिकित्सक र उनको स्वास्थ्य अवस्थाबारे केही बेरमा मात्र जानकारी दिइनेछ।
उनि आइतबार नेपाल आएका हुन्। आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निमगको स्वास्थयमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो।
उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन्। उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४