शनिबार, साउन १६, २०८३

मलेसियालाई पराजित गर्दै नेपालको सुखद सुरुवात 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सुखद सुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो । 

नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउँदै ९२ मात्र रन बनाउन सक्यो । मलेसियाका लागि क्रिस्टिना बरेटले सर्वाधिक २१ रन बनाइन् । त्यस्तै विनिफ्रेद दुराइसिंगमले १८ र साशा अज्मीले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । 

नेपालका लागि करुना भण्डारी र सरिता मगरले दुई दुई तथा कविता कुँवर र सिता राना मगरले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै १ सय २६ रन जोडेको थियो । नेपालका लागि सिता राना मगरले सर्वाधिक ४२ रनको योगदान दिईन् । उनले ४० बलमा २ चौकाको सहयोगमा ४२ रन जोडेकी हुन् । त्यस्तै कप्तन रुबिना क्षेत्रीले ३३ रनको योगदान गरिन । रुबिनाले २५ बलमा ३ चौकाको मद्दतमा ३३ रन जोडेकी हुन् ।

नेपालका लागि काजल श्रेष्ठले १६ रन बनाउदा इन्दु बर्माले १३ रनको योगदान गरिन् । बलिङ तर्फ मलेसियाकी सशा अज्मी, जुमिका अज्मी, विनिफ्रेड ड्यूरेइसिंगमले समान एक एक विकेट लिए । नेपालले युएईसँग फेब्रुअरी २२ मा आफ्नो दोस्रो खेल खेल्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।