शनिबार, साउन १६, २०८३

न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा गरेका छन् । 

लामो समयदेखि पेशी नपाएपछि कामबिहिन भएका जोशीले मंगलबार बिहान राजीनामा दिएका हुन् । चोलेन्द्रशम्शेर राणाले आफू प्रधानन्यायाधीश भएपछि जोशीलाई पेशी दिन छाडेका थिए । उनले आफ्नो स्वागतमा समेत जोशीलाई नबोलाउन उर्दी जारी गरेका थिए।
 
प्रधानन्यायाधीशले नै वेवास्ता गरेपछि उनी नैतिक रुपमा बाध्य भएर राजीनामा गरेको स्रोतको दावी छ । उनलाई राजीनामाका लागि प्रधानन्यायाधीश राणा र न्यायलय भित्रैका अन्य कर्मचारीहरुले दवाव दिएका थिए । 

सत्तारुढ दल नेकपाका सांसदहरुले पनि विभिन्न अभियोग लागेको अवस्थामा राजीनामा दिएर छानबिनका लागि सहयोग गर्न आग्रह गरेका थिए । जोशी संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएपनि संसदीय सुनुवाइ विशेष समितिले उनको नाम अस्विकृत गरेको थियो ।

सोहि समयदेखि राजीनामाको दवाव परेपनि करिब ६ महिनापछि उनले राजीनामा दिएका हुन् । उनको शैक्षिक प्रमाणपत्रमाथि संसदीय समितिमै प्रश्न उठेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।