शनिबार, साउन १६, २०८३

युद्धप्रसाद पुरस्कार शर्मालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ - युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ। सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित  कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी २० हजार रुपैया रहेको छ। कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारी  सो पुस्कार अधिकारीलाई हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा मिश्रमाथि अनुसन्धान गरेका र उनकै विषयमा विद्यावारिधि गरेका डा. पशुपतिनाथ तिमल्सिनाले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न माग गरे । उनले मिश्रको कविताकृति र समग्र साहित्यमा उनले पुर्याएको योगदानको बारेमा चर्चा गर्दै प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न माग गरे। 

कार्यक्रमा प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न प्रतिष्ठानले अगुवाई गर्ने र त्यसमा  सबै साहित्यकारहरुले सहयोग गर्न आग्रह गरे। कार्यक्रममा डा. जिवेन्द्रदेव गिरी, डा.लेख निरौला,डा. बालचन्द्र मिश्र,कमल मिश्र लगायतले मिश्रको योगदानबारे चर्चा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।