शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन ६ गते कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

सुनमायाको रहस्यमय हत्या : यसरी गर्भमै लुकाइयो घटना

अपरान्ह चार बजेको थियो। शैक्षिक भ्रमण सकेर फर्किएको बस भक्तपुरको दूधपाटीमा रोकियो । सुनमाया चाउचाउ किन्न भन्दै बसबाट उत्रिन् । तर उनी फर्किनन् , सुनमाया हराएको ठिक ३० दिनपछि शव भक्तपुरको राधेराधे मन्दिरनजिकै हनुमन्ते खोलामा निकै दर्दनाक अवस्थामा फेला परेको थियो ।

सिंहदरबारमा उत्सव छ

भारतीय कवि गोरख पाण्डेको एउटा कविताले भन्छ, ‘राजा बोला रात है। रानी बोली रात है। मन्त्री बोला रात है। सन्तरी बोला रात है। ये सुबह सुबहकी बात है।’ बेजोड कविता। शासकहरूका लागि गहिरो व्यंग्य। सत्ताले सिर्जना गर्ने भ्रममाथि शक्तिशाली प्रहार। 

नेपालीलाई जापानको जागिर, अझै अनिश्‍चित !

नेपाली कामदारलाई जापान लैजाने भनिए तापनि कहिले, कति, कसरी, कस्ता कामदार लैजाने भन्ने ढाँचा तयार नहुँदा अन्योल उत्पन्न भएको छ। खाका टुंगो नलागेसम्म नेपाली कामदारको जापानको गन्तव्य अनिश्चित देखिएको हो। 

दशगजामा भारतको मनपरी, अझै रोकिएन एकलौटी नाली खन्‍न

भारतले सीमा क्षेत्रमा एकलौटी रुपमा नाली खन्ने काम तीव्र पारेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार क्षेत्रमा एकलौटी नाली खनिरहेको भारतले कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुर क्षेत्रमा पनि नाली निर्माण गर्न  थालेको छ।

बादल नेतृत्वको नेकपा कार्यदल 'निल्नु न ओकल्नु'

पुस १३ गतेको स्थायी समितिको बैठकले गठन गरेको कार्यदल प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डका लागि निल्नु न ओकल्नु भएको छ। कार्यदलका विषयमा विवाद भएपछि सोमबार बसेको सचिवालय बैठक कुनै निर्णयमा पुग्न सकेन। 

भ्रष्टाचारको विरोधमा विवेकशीलले गर्‍यो माइतीघरमा प्रदर्शन (फोटो फिचर)

भ्रष्टाचारको विरोधमा विवेकशील साझा पार्टी माइती घरमा प्रदर्शन गरेको छ। विवेकशील साझा पार्टीले भरतपुरको चौबिसकोठी र काठमाडौंको माइतीघर मण्डलामा सोमबार बेलुका प्रदर्शन गरेको हो। विवेकशील साझा पार्टी आगामी दिनमा क्रमश भ्रष्टाचारको विरोधमा खरो उत्रने जनाइएको छ। 

सुदूरपश्‍चिम प्रदेश : कानुन निर्माणमै बित्यो एक वर्ष

सुदूरपश्चिम प्रदेश सरकारले ३ वटा ‘का’ लाई आफ्नो एक वर्ष अवधिको मुख्य उपलब्धि ठानेको छ। सरकार गठन भएको एक वर्षको प्रगति विवरण आइतबार सार्वजनिक गर्दै प्रदेश सरकारले कार्यालय व्यवस्थापन, कानुन निर्माण र तिनको कार्यान्वयन गरी मुख्य तीन वटा कामलाई मुख्य उपलब्धि रहेको जनाएको छ।

कर्णाली प्रदेशमा खेलाडीको 'अपमान' !

वीरेन्द्रनगरस्थित खेलकुद विकास समिति अघिको खुल्ला मञ्च। कर्णाली प्रदेशमा पहिलो पटक भएको ‘मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिता’को समापन समारोह। 

विद्यार्थीले घेरे त्रिभुवन विश्‍वविद्यालय 

आफूहरू आन्तरिक विवादमै रुमल्लिएका विभिन्न विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाब दिएका छन्। 

‘दुई तिहाइको दम्भमा सरकार बौलायो’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाइको दम्भमा रहेको केपी ओली नेतृत्वको सरकारले कर्मचारीहरुलाई त्रास देखाउने काम गरेको आरोप लगाएका छन्। निधिले राजनीतिक आस्थाको आधारमा सरकार कर्मचारीहरुलाई आतंकित पार्ने काम गरिरहेको बताएका छन्।

‘ब्याजका नाममा लुट मच्चाउँदै वित्तीय संस्था’

बैंकहरुले आफूखुसी ब्याजदर बढाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका उद्यमी व्यवसायीले बैंक तथा वित्तीय संस्थाको नियमनकारी संस्था नेपाल राष्ट्रबैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई भैरहवामा ४ घन्टासम्म र्‍याखर्‍याख्ती पारेका छन्।

पर्सामा पुँजीगत खर्चको अवस्था दयनीय

पर्सा जिल्लाको स्थानीय तहमा पुँजीगत खर्चको अवस्था निराशाजनक रहेको छ । चालू आर्थिक वर्षको पहिलो ६  महिना बितिसक्दासमेत पुँजीगत खर्चको प्रगति २५ प्रतिशतमै सीमित रहेकोले लामो समयदेखि निर्वाचित जनप्रतिनिधिको पर्खाइमा रहेका स्थानीय बासिन्दामा निराशा छाएको हो।

बझाङमा जीप दुर्घटना,  २ जनाको मृत्यु

बझाङको काप्रिकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। आइतबार बेलुका जयपृथ्वी नगरपालिका ११ को चैनपुरबाट  धामीलेक जाँदै गरेको  से १ ज ८९० नम्बरको जीप दुर्घटना काप्रिकोटमा दुर्घटना भएको हो।  

जिल्लाका प्रत्‍येक सामुदायिक विद्यालयमा नर्स नियुक्ति गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले प्रदेश १ का १४ जिल्लाका १४ सामुदायिक विद्यालयहरुमा नर्स नियुक्ति गर्ने भएको छ। विद्यालयमा शिक्षासँगै प्राथामिक उपचारमा सहयोग गर्न यस्तो गर्न लागिएको प्रदेश १ को सामाजिक मन्त्रालयले बताएको छ। 

बारा दुर्घटनामा परेका सिडिओ भट्टराईको निधन

बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा भारतीय पक्राउ

बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत-३ घर भइ हाल जनकपुरधाम-४ बस्ने ५० वर्षीय संजय ठाकुर रहेको प्रहरीले जनाएको छ।

गायक पशुपति शर्माबारे सांसदबीच दोहोरी

गायक पशुपति शर्माको ‘लट्न सके लुट् कान्छा’ बोलको गीतबारे सोमबार संसद् बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच दोहोरी चलेको छ। प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पशुपति शर्मालाई जनगायकको संज्ञा दिए।

अन्तर्राष्ट्रिय मिडियामा पशुपतिको चर्चा

चर्चित गायक पशुपति शर्माको 'लुट्‍न सके लुट, नेपालमै हो छुट' बोलको गीतमा अघोषित रुपमा सरकारले प्रतिबन्ध लगाएपछि अहिले गीतको पक्ष र विपक्षमा बहस भइरहेको छ। 

प्रमोदको नेतालाई सुझाव : कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुहोस्

गायक पशुपति शर्माको ‘लुट्न सके लुट्’ गीतका विषयमा संसद्मा नेताहरुबीच दोहोरी चलेपछि गायक प्रमोद खरेलले आपत्ति जनाएका छन्। प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पशुपति शर्मालाई जनगायकको संज्ञा दिँदै २५ हजार दिने घोषणा गरेका थिए।

अत्तरियाले विराटनगरलाई पराजित गर्दा महेन्द्रनगर प्लेअफमा

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)मा लिग चरणको आफनो अन्तीम खेलमा सिवाइसी अत्तरियासँग १० रनले पराजित हुँदै विराटनगर किङ्स प्रतियोगिताबाट बाहिरिएको छ। विराटनगर बाहिरिदा महेन्द्रनगर युनाइटेडलाई फाइदा पुगेको छ।

एउटै महिलाका दुईटा पाठेघर : कोमाबाट होशमा आउँदा काँखमा छोरी

घटना सन् २०१८ को डिसेम्बर २ मा भएको थियो। १८ वर्षीया इबोनी स्टिभसनलाई एक्कासी टाउको दुख्यो र उनी कोठामै सुतिन्।  बेलायत ग्रेट म्यान्चेस्टरको ओल्डह्याममा बस्दै  आएकी इबोनीलाई आमा सेरीले तत्कालै अस्पताल लगिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।