काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिनप्रतिदिन कमजोर बन्दै गएको चिन्ता व्यक्त गरेका छन्।
प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिदै शाहले यस्तो चिन्ता व्यक्त गरेका हुन्। राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक युवामा देश छोड्ने आतुरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले देश दिन प्रति दिन कमजोर बनिरहेको शाहले बताएका छन्।
राजाद्वारा लिखित विज्ञप्तीमा यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रतिदिन कमजोर बनिरहेको छ। शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हून नहूने र दण्डहिनता एवं विधिबिहिनताले विकराल स्थितिको सृजना हून नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहूँचमा हूनूपर्दछ भन्ने हाम्रो मान्यता हो।'
विज्ञप्तीको पूर्ण पाठ
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बक्सेको शूभकामना।
नेपाली दिदीबहिनी तथा दाजूभाइहरु,
प्रजातन्त्र दिवसका अवसरमा आज हामी हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहन्छौं।
हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो। सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन। जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो। देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन।
आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ। यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रतिदिन कमजोर बनिरहेको छ।
शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हून नहूने र दण्डहिनता एवं विधिबिहिनताले विकराल स्थितिको सृजना हून नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहूँचमा हूनूपर्दछ भन्ने हाम्रो मान्यता हो।
त्यसै गरी हाम्रो आफ्नो सनातनीक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालीलाग्दो दुखद अवस्था देखा परेको छ। त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानू पर्दछ भन्ने हाम्रो दृढ धारणा रहेको छ।
नेपालको भु राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर, शालीन र सौम्य कू६नीतिक व्यवस्थाद्वारा हामीप्रतिको आधारभुत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नुपर्दछ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४