शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्लाका प्रत्‍येक सामुदायिक विद्यालयमा नर्स नियुक्ति गर्दै प्रदेश १ सरकार

जिल्लाका प्रत्‍येक सामुदायिक विद्यालयमा नर्स नियुक्ति गर्दै प्रदेश १ सरकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- प्रदेश १ सरकारले प्रदेश १ का १४ जिल्लाका १४ सामुदायिक विद्यालयहरुमा नर्स नियुक्ति गर्ने भएको छ। विद्यालयमा शिक्षासँगै प्राथामिक उपचारमा सहयोग गर्न यस्तो गर्न लागिएको प्रदेश १ को सामाजिक मन्त्रालयले बताएको छ। 

 चालु आर्थिक वर्ष २०७५-७६ को लागि स्वीकृत भएको ‘विद्यालय नर्सिङ कार्यक्रम’को लागि सामाजिक विकास मन्त्रालयले नर्स भर्नाको आवेदन समेत मागेको छ।

फागुन १६ गते मन्त्रालयमा योग्य नर्सहरु छनोट गरिने र छनौटको आधार शैक्षिक योग्यता, अनुभव र अन्तरवार्ता हुने मन्त्रालयकि सामुदायिक नर्सिङ शाखाकि प्रमुख केसु काफ्लेले बताइन।
 
यी हुन नर्स  नियुक्ति हुने प्रदेश १ का १४ जिल्लाका १४ विद्यालयहरू

१. श्री थेचम्बु माध्यमिक विद्यालय- ताप्लेजुङ
२. श्री गणेश माध्यमिक विद्यालय- पाँचथरः
३. श्री आदर्श माध्यमिक विद्यालय- इलाम
४. श्री देवी माध्यमिक विद्यालय- झापा
५. श्री पोखरिया माध्यमिक विद्यालय- मोरङ
६. श्री बालमन्दीर माध्यमिक विद्यालय- सुनसरी
७. श्री अरुणेदय माध्यमिक विद्यालय- धनकुटा
८. श्री वसन्त माध्यमिक विद्यालय- तेह्रथुम
९. श्री सरस्वती माध्यमिक विद्यालय- संखुवासभा
१०. श्री तिम्मा माध्यमिक विद्यालय- भोजपुर
११. श्री जनजागृति माध्यमिक विद्यालय- सोलुखुम्बु
१२. श्री ज्ञानज्योती माध्यमिक विद्यालय- ओखलढुंगा
१३. श्री राष्ट्रिय माध्यमिक विद्यालय- खोटाङ
१४. बालमन्दिर माध्यमिक विद्यालय- उदयपुर
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।