शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा भारतीय पक्राउ

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा भारतीय पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत-३ घर भइ हाल जनकपुरधाम-४ बस्ने ५० वर्षीय संजय ठाकुर रहेको प्रहरीले जनाएको छ।

ठाकुरले जनकपुरधाम-१२ रामस्वरुप टोल बस्ने एक १० वर्षीयाको बलात्कार गर्न खोजेको आरोप छ। एक्लै रहेकी बालिकालाई ठाकुरले आइतबार साँझ घर पुर्‍याई दिन्छु भन्दै रामसागर रामस्वरुप बहुमुखी क्याम्पस अगाडीको खाली जग्गामा लगी जर्बजस्ती गर्न खोजेका थिए।

फकाइ फुसलाई बालिकासँग जर्बजस्ती गर्न खोजेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको थियो। हनुमाननगरस्थित प्रहरी चौकीबाट तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले ठाकुरलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका ठाकुरउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।